Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीएमाले बेलडाँडीको४ नं. वडा कार्यालय स्थापना

एमाले बेलडाँडीको४ नं. वडा कार्यालय स्थापना

बेलडाँडी,
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले बेलडाँडी गाउँपालिका वडा नं.४ को वडा कार्यालय उदघाटन गरिएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर चुनावी चलहपहल बढे संगै पार्टीका सम्पर्क कार्यालय स्थापना गर्ने कार्य अनुसार आज वडा कार्यालय उदघाटन गरिएको बेलडाँडी गाउँकमिटी सदस्य कृष्ण कुमार रोकायाले बताए ।

उहाँका अनुसार बेलडाँडी वडा नं.४ एमालेको गण भएको बताउदै कसैले झुक्याएर आफ्नो पार्टी प्रवेशका कुरा गर्न थालेकाले सबै एमाले पार्टी शुभचिन्तकहरुले चलाख भर बस्नु पर्ने बताए । बेलडाँडी युवा नेता रोकायाका अनुसार वडा कार्यालय उदघाटनमा एमालेका उल्लेखिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको जनाए ।

ताजा समाचार