Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबसको ठक्करबाट महेन्द्रनगरमा एक महिलाको मृत्यु

बसको ठक्करबाट महेन्द्रनगरमा एक महिलाको मृत्यु

कञ्चनपुर,
महेन्द्रनगरमा बसको ठक्करले एक जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका ५ शान्ति निकेतन चोकमा बसको ठक्करले सोमबार एक जना महिलाको मृत्यु भएको छ ।

ना ४ ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी मन्जु बुडाललाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको ट्राफिक प्रहरीका इन्स्पेक्टर केशव भट्टले जानकारी दिएका छन् । मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन् ।
सामान किनेर सडक पार गर्न खोज्दा बसले ठक्कर दिएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार