Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीएमालेको सुदूरपश्चिम प्रदेश स्तरीय चुनावी रणनीतिक भेला शुरू

एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय चुनावी रणनीतिक भेला शुरू

धनगढी,
नेकपा एमालेकाे सुदूरपश्चिम प्रदेश स्तरीय स्थानीय तह निर्वाचन  चुनावी प्रचार रणनीतिक भेला धनगढीमा शुरू भएकाे छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीकाे आयाेजना तथा प्रेस चाैतारी नेपालकाे संयाेजनमा धनगढीकाे रिद्वीसिद्वी पार्टी प्यालेसमा रणनीतिक भेला शुरू भएकाे हाे ।

भेलालाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामाेदर भण्डारी, प्रेस चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे एमालेले जनाएको छ ।

भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धी रणनीति बनाउने जनाइएको छ ।

कार्यक्रममा पार्टी प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष र सचिवहरू, जिल्ला प्रचार विभागका पदाधिकारी र सदस्यहरू, निर्वाचित जनप्रतिनिधिहरू, पालिका कमिटीका अध्यक्षहरू, प्रेस चौतारीका अगुवा नेताहरू लगायतको सहभागिता रहेको छ ।

ताजा समाचार