Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरका डेढ लाख बालबालिकालाई टाईफाईड रोग बिरुद्धको खोप लगाईने

कञ्चनपुरका डेढ लाख बालबालिकालाई टाईफाईड रोग बिरुद्धको खोप लगाईने

मदन नेपाली/कञ्चनपुर,
कञ्चनपुरका डेढ लाख बालबालिकालाई टाईफाई रोग बिरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले चालु आर्थिक बर्ष २०७८÷०७९मा डेढलाख बालबालिकालाई टाईफाई रोग बिरुद्धको खोप लगाईने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक कुँवरले खोप लगाउने अभियानको तयारी भईरहेको बताए । उनका अनुसार कञ्चनपुरका ५२४ खोप केन्द्र मार्फत आगामी २५ चैत्रदेखि १८ बैशाखसम्म खोप अभियान संचालन गरिनेछ । स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले खोप अभियानका लागि जनस्वास्थ्यकर्मी सहितका सबैलाई तालिम दिईसकेको बताए । टाईफाई रोग बिरुद्धमा टिभीसी खोप लगाईने उनले बताए । ‘हामीले कम्तिमा २सय विद्यार्थी भएको विद्यालयमा एक खोप केन्द्र बनाएका छौँ, ‘उनले भने, ‘सामुदायिक विद्यालय र संस्थागत केन्द्रबाट खोप लगाउँछौँ ।’ केही पालिकाले परीक्षाको तालिका निकालेका कारण केही समस्या देखिएको उनले बताए । उनका अनुसार १लाख ६१ हजार ८७५बालबालिकालाई खोप दिर्इूने छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले राष्ट्रिय खोप अभियान कार्यक्रम भएकाले सहयोगका लागि अपिल गरेको छ ।

ताजा समाचार