Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा बृहत खेलकुद उदघाटन

बेलडाँडीमा बृहत खेलकुद उदघाटन

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.३ खैरीघाटमा बृहत खेलकुद तथा सांस्कृतिक महोत्सवको उदघाटन भएको छ ।

न्यू खप्तड युवा समाज खैरीघाटको आयोजनामा नयाँ बर्षलाई लक्षित गर्दै बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव २०७९ को आज आइतवारका दिन भव्यरुपमा उदघाटन गरिएको क्लबका अध्यक्ष नरेन्द्र बिष्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार सांस्कृतिक जर्गेनाका साथै यस क्षेत्रका युवाहरुको खेलकुद विकासमा टेवा पुगोस् भन्ने उदेश्यका साथ विगतका बर्षझै यस बर्ष पनि बिभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइन थालेको जनाए ।
टि–२० क्रिकेट प्रतियोगिताबाट कार्यक्रमको उदघाटन भएको छ । जसमा पहिलो खेल गौडी युवा समाज र बेलडाँडी वाइसीएल विच भएको खेलमा गौडी समाजले ९ बिकेटले बेलडाँडी वाईसीएललाई पराजित गरेको छ ।
प्रतियोगितामा स्थानिय स्तरका १४ टिमको सहभागिता रहेको छ । क्रिकेटका सबै खेल नकाउट आधारमा खेलाईने भएका छन् । प्रतियोगिताको फाइनल खेल २९ गते हुने अध्यक्ष विष्टले जनाएका छन् ।

ताजा समाचार