Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीकृष्णपुरबाट एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गर्ने बढे

कृष्णपुरबाट एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गर्ने बढे

कञ्चनपुर,
कञ्चनपुृरको कृष्णपुर नगरपालिकाबाट एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेस गर्नेको संख्या बढेको छ ।
आइतबार समाजवादी पाटी बेदकोट नगरको सभा तथा पाटी समायोजन कार्यक्रममा कृष्णपुर नगरपालिकाबाट सयौँ एमाले नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेका हुन । चुनावकै मुखमा कृष्णपुर नगरपालिकाबाट सयौँ नेता कार्यकर्ताले एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेको नेकपा एकीकृत समाजवादी पाटी प्रदेशका सदस्य तथा कृष्णपुर नगरपालिका निर्वाचन परिचालन कमिटि संयोजक सुरेन्द्र बमले बताए । समाजवादी कञ्चनपुरका युवा नेता समेत रहेका निर्वाचन परिचालन कमिटि कृष्णपुर संयोजक बमले १देखि ९वडाबाटै एमाले परित्याग गरेर सयौँ नेता कार्यकर्ताले समाजवादी पाटी रोजेको बताए ।

एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गर्नेहरुलाई नेकपा एकीककृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले पाटीमा टिका खादा लगाएर स्वागत गरेका छन । कृष्णपुरबाट एमाले परित्याग गरेर समाजवादी प्रवेस गर्नेहरुले यस अघिको निर्वाचनमा एमालेबाटै मेयर उप मेयर सहितका जनप्रतिनिधीलाई जिताएर पछुतो भएको बताएका छन । उनीहरुले क्षेत्रियता, जातियता एव चरम अपमान गरेको भन्दै समाजवादी प्रवेस गरेको बताएका छन ।

कमल थापा, बिर ब. बोहरा, धन ब. बोहरा, कमल बोहरा, अम्मर कार्की, सुर्य धामी , दिपक बुढा, नैनसिह रावत, देव रावत, मदन जिष्ट, कोकिला विष्ट, चन्दाकला विष्ट, रोहित बुढा, राकेश बुढा, रोशन बुढा, लक्ष्मण साउद, गोबिन्द सुनार, दिनेश बुढा, राधादेवी बुढा, श्रीमती नाम बुढा, सिता साउद, गोमती बोहरा, अमृता बोहरा, धना देवी भट्ट, कमली बोहरा, डम्बर ब् बोहरा, दिपक बोहरा, रोहित बोहरा, लोकेश साउद, गौरीदेवी साउद, मनबुझाउना चौधरी, रोखा बोहरा, लोजा ब. बुढा, चेनमान बुढा, दिपक बोहरा, मंगली देवी साउद, नर ब. बोहरा, निमा बोहरा, अर्मिता साउद, कमला साउद, कलावती बोहरा लाल बोहरा, उसा बोहरा, बेलु होरा, सरीता बोहरा, पुजा बोहरा, पुजा महरा, बसन्धरा बुण,ढुन्की बुढा, मनसार बुढा, मेनुका बुढा, राधा बोहरा, पदम सुनार, ललित पार्की, जिवन बोहरा, धनश्याम डगौरा सहित सयौँले समाजवादी प्रवेस गरेका हुन । ‘एमाले परित्याग गर्दै समाजवादी प्रवेस गर्नेहरुको लहर चलेको छ, ‘कृष्णपुर निर्वाचन परिचालन संयोजक सुरेन्द्र बमले भने, ‘कृष्णपुरमा एमाले भन्दा समाजवादी जबरजस्त बलियो हुँदैछ ।’ एमालेबाट निर्वाचित जनप्रतिनिधी जनताको काम भन्दा भ्रष्टाचारमा लिप्त भएपछि एमाले छाड्दै समाजवादी रोज्नेहरुको ओईरो लागेको समाजवादी कञ्चनपुरका नेताहरुको दावि छ ।

ताजा समाचार