Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकाको नेतृत्व सम्हालन टिकट पर्खेको लोकप्रिय युवा र भोट गर्न पर्खेका...

बेलडाँडी गाउँपालिकाको नेतृत्व सम्हालन टिकट पर्खेको लोकप्रिय युवा र भोट गर्न पर्खेका मतदाता

 बेलडाँडी,

सुदूरपश्चिमा युवा पुस्ताको एक प्रचलित नाम हो जनक सिह धामी । परिवर्तनका लागि हुने आन्दोलन र बिद्यार्थी, युवा पुस्ताको हक अधिकारका लागि गरिएका तमाम संघर्षमा धामीको नाम अग्रपंतिमा आउछ ।

धामी राजनीतिक नेतृत्वमा पुगेर उत्कृष्ट नीति निर्माण गरि जनताको जिवन सहज बनाउने अभिप्रायले २०५३ सालमा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा स्थायी शिक्षक भई सेवा गरेको ४ बर्ष नवित्दै शिक्षको जागिरबाट राजिनामा गरेर प्रष्ट राजनीतिमा हुमिएका थिए । २०४६ सालको जनआन्दोलनमा आन्दोलनलाई जलमल गरेकै कारण धामी विद्रोही भन्दै जेल गएका थिए । धामी नेपाली काँग्रेस कञ्चनपुरका गतिशिल, ईमान्दार र कर्तव्यनिष्ठ नेताका रुपमा परिचित प्रतिबिम्ब हुन । तीन दशक भन्दा बढी समयदेखि काँग्रेसमा राजनीतिक गर्दै आएका धामी यतिबेला सही, इमान्दार, आफ्नो स्वार्थ भन्दा माथि उठेर जनताको पक्षमा कामगर्ने व्याक्तिले टिक पाओस् भन्ने पक्षमा बसेका छन् । उनको लोकप्रियता एव लगनशिलताका कारण काँग्रेस मात्र नभई जनतामाँझ पनि धामी परिचित छन ।

०४५ साल किशोरा अवस्थादेखि काँग्रेस राजनीतिमा होमिएका नेता धामी जेलनेलदेखि थुप्रै संघर्ष गरेका छन । ०४५ मा नेवि संघबाट राजनीतिक यात्रा तय गरेका धामी, ०४६ जनआन्दोलनमा जेल, ०४७ मा सिद्धनाथ बुहुमुखी क्याम्पस नेवि संघ एकाई अध्यक्ष, ०४९ मा सोही क्याम्पस नेवि संघबाट स्ववियू सभापतिका उम्मेदवार बने । ०४९ देखि ०५१ सम्म नेवि संघ कञ्चनपुर सचिव, ०५१ देखि ०५३ नेपाल शिक्षक संघ कञ्चनपुर सचिव, ०५५ सुकुमबासी आयोगमा जिल्ला सदस्य, ०५६ मा आम निर्वाचन हुँदा केन्द्रीय पर्यवेक्षकको रुपमा दार्चुला खटिए ।

०५८ सालमा काँग्रेस क्षेत्र नम्बर २ को उप सभापति, ०५९ क्षेत्रीय सभापति, ०७२मा १३औँ महाधिवेशनबाट कञ्चनपुर जिल्ला सदस्यमा निर्वाचित भए । जिल्ला सदस्य रहेका धामीले कञ्चनपुर पार्टीको प्रशासन विभाग संयोजको समेत जिम्मेबारी सम्हालेका थिए । धामीले किशोरा अवस्थादेखि युवासम्म निरन्तर पार्टीका विभिन्न मोर्चा सम्हालनुका साथै व्यात्तिगत स्वार्थ भन्दा माथी उठेर थुप्रै सामाजिक कार्यमा समेत ठुलो योगदान पुर्याएका छन् ।

शिक्षकमा नाम निकालेका उनले ४ बर्ष नवित्दै २०५३ सालमा स्थायी शिक्षक पेशाबाट राजिनामा दिएर २०५५ सालमा आयोगको सदस्य भएर बेलडाँडी ४ मा लालपुर्जा वितरण गर्नुका साथै बेलडाँडी ७ र तत्कालिन रौतेली विचवाको वडा नं.८ र ९ मा नापनक्साको कार्य गराएको । समाजिक कार्य गर्दै गर्दा कांग्रेसको मान्छे खास यही हो भनेर ज्यान मार्ने धम्की पश्च्यात २०६० सालमा टेक्टरमा आगजनी गरेर विस्तापित पारिएको । खजुरीया भन्सार देखि बोर्डर हुर्दै बेलडाँडी कालिकिच सम्मको ३२ किलोमिटर सडक रातो कितावमा पार्न सफल । चौधर खोला झर्नाखोला, सिमसार, आरक्षपिडित, जंगली जनावर नियन्त्रणका लागि निरन्तर लागि रहेका । बेलडाँडी खानेपानीको पहिलो अध्यक्ष भई कामको शुरुवाती गरेको । बेलडाँडी ५ की विरामी अनिता चौधरी बचाऔं अभियान चलाई २ लाख ५० हजार जम्मा गरेको । विदेशमा मृत्यु भएका ब्याक्तिहरुको सनाखत तथा लास नेपाल ल्याउने पहल लगायतका थुप्रै समाजिक कार्य गरेको छन् ।

यतिमात्रै होईन प्रजातान्त्रिक विचारधारा बोकेका धामी पार्टीभित्रको दुषित राजनीतिका बारेमा पनि चर्को रुपमा बोल्ने एउटा सशक्त युवा हुन् । उनले सँस्कारिक राजनीतिमा युवाहरुलाई प्रेरित गर्नेदेखि समाजमा भएका कुरीति कुसंस्कार र भ्रष्टाचारमा युवाहरुलाई सशक्त रुपमा आवाज उठाउने सम्मको बनाउने उनको प्रयास केहि हदसम्म पुरा भएको छ । अझै युवाहरुको क्षमता विकास र स्वच्छ राजनीतिमा प्रतिनिधित्व गरि अर्थपुर्ण सहभागिता पाउनुपर्ने उनको मत छ । गएको स्थानीय तह निर्वाचनमै पालो कुरेर बसेका तर पालो नपाएका उनी आसन्न निर्वाचनमा गाउँपालिकाको नेतृत्व समाल्न खोजेका छन् । आफै नेतृत्व गरि समाजसेवा गर्नु र अरुको नेतृत्वमा समाज सेवा गर्नु भिन्न भएको उनि ठान्दछन् । धामी बालबालिका, युवा, वयस्क र जेष्ट नागरिकमाँझ लोकप्रिय मानिन्छन् ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेपनि अरु पार्टीका व्यक्तिहरुमा पनि उनको लोकप्रियता सम्मान गर्न लायकनै मानिन्छ । पार्टीभित्रका इमान्दार व्याक्तिलाई टिकट नदिने षडयन्त्र हुनेपो होकी भन्ने डर बेलडाँडीका आम जनमानसमा छ, तर जनक धामी भने पार्टीबाटै टिकट पाउनेमा ढुक्क छन् । ‘आम जनताको आकांक्षा वर्खिलाप नेपाली कांग्रेस पार्टी जान्न भन्नेमा धामी ढुक्क रहेको देखिन्छन् ।’ बेलडाँडी गाउँपालिकालाई विकास संग जोड्ने र नागरिकका आधारभुत मुद्दाहरुमा वकालत गर्ने लगायतका काम सक्रियताका साथ गरेका थिए ।

त्यसैले पनि उनि आम नागरिकका सामु लोकप्रिय बनेका छन् । बेलडाँडीमा पार्टी कार्यकर्ताले मात्रै नभई अन्य पार्टीका व्यक्तिहरुले पनि जनक धामीको नेतृत्व स्वीकार्ने आकलन गरिएको छ । ‘जनक जि जस्तो मान्छेले नेतृत्व पाउनु भनेको हामी सबै बेलडाँडी बासीहरुले नेतृत्व पाउनु हो, आम बेलडाँडी बासीका हक अधिकार सुनिश्चित हुनु हो, भ्रष्टाचार रहित विकास हुनु हो भन्ने हामीले बुझेका छौँ ।’ एमाले निकट एक युवाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा बताए । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसंगै टिकट कसले पाउने भन्ने वहस सुरु हुन थालेका छन् । जसका लागि माथिल्लो तहको नेतृत्व संग लविङ समेत सुरु हुन थालेको छ । तर दुषित बन्दै गएको राजनीतिलाई स्वच्छ बनाई सबै वर्गको अर्थपुर्ण सहभागिताका लागि युवा नेतृत्व आउन जरुरी छ ।

ताजा समाचार