Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमालेद्धारा बिजय यात्रालाई सुनिश्चित गर्न तत्कालिन रणनीतिक योजना निर्माण

बेलडाँडी एमालेद्धारा बिजय यात्रालाई सुनिश्चित गर्न तत्कालिन रणनीतिक योजना निर्माण

बेलडाँडी,
नेकपा एमाले कञ्चनपुरले स्थानीय चुनावलाई लक्षित गरेर मतदाताको घरघरमा पुग्न साप्ताहिक अभियान सञ्चालन गरे अनुरुप उक्त अभियान लागु गर्न आज नेकपा एमाले बेलडाँडी गाउँकमिटिको आयोजनामा बैठक बसी यसलाई चुनाव लक्षित बनाउदै अभियानलाई तिब्रता दिने निर्णय भएको बेलडाँडीको जिम्मा पाएका नेकपा एमालेका नेता खेम सुवेदीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार नेकपा एमाले कञ्चनपुरद्धारा स्थानीय तह निर्वाचनमा पार्टीका सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई बिजयी गराउने उद्देश्यले नगर,गाउँ, टोल,बस्ती र घर घरमा प्रचारप्रसारलाई तिव्र बनाउने उद्देश्यले आजबाट सप्ताहब्यापी अभियान सञ्चालन गरेको जनाए । बेलडाँडी गाउँ कमिटी अध्यक्ष लक्ष्मण भाटको अध्यक्षता र खेम सुवेदीको प्रमुख आतिथ्यमा आज बसेको विस्तारित बैठकले बिजय यात्रालाई सुनिश्चित गर्न तत्कालिन रणनीतिक योजना निर्माण गरेको जनाए ।

आज बसेको बैठकले बेलडाँडीमा एमाले आराम सित जित्ने वातावरण भएकोले मतदाताहरुलाई मतदान शिक्षा दिनुपर्नेमा जोडदिदै एमाले बेलडाँडी एकपटक फेरी गर्जिएको छ ।
नेकपा एमाले कञ्चनपुरले स्थानीय चुनावलाई लक्षित गरेर मतदाताको घरघरमा पुग्न साप्ताहिक अभियान सञ्चालनका लागि बेलडाँडी गाउँपालिकामा खेम सुवेदी, नन्दलाल चटौत, रामबहादुर स्वर्णकार, धनबहादुर थापा, कमला कार्की हिरासिंह विष्ट लगायतलाई जिम्मेवारी दिएको छ ।

 

ताजा समाचार