बेलडाँडी,
बेलडाँडीका बाट धनगढी जाने र धनगढी बाट बेलडाँडी आउने यात्रुहरुको समस्यालाई ध्यान दिदै बेलडाँडीका युवा व्यवसायी मदन खत्रीको पहलमा थप यातायात सुविधा सञ्चालनमा आएको छ ।
आज देखि धनगढी देखि विहान ९ बजे बेलडाँडी चवन्नीका लागि र बेलडाँडी चवन्नी देखि दिउँसो २ बजे धनगढीका लागि बससेवा शुरु गरिएको व्यसायी खत्रीले बताए ।

उहाँका अनुसार बेलडाँडीका नागरिकहरुको समस्यालाई ध्यान दिदै बेलडाँडीका लागि थप रुटको माग गरी संचालनमा ल्याएको बताए । कुनै पनि यात्रीले अव धनगढी देखि बेलडाँडी आउनका लागि १ बजेको बस कुरेर नबस्नु पर्ने बताउदै बेलडाँडीबाट समेत अव दिउसो धनगढी जाने यात्रुहरुले मजाले अव सेवा लिन सक्ने बताए । चवन्नी, बेलडाँडी, त्रिभुवनबस्ती, कलकत्ता, बेलौरी, पुनर्वास, डोकेबजार हुदै धनगढीको रुट तय भएको बताए । यस्तै आउने रुट समेत यही रहेको जनाउदै सुदूरपश्चिम यातायात, महाकाली यातायात र कर्णाली यातायातका बस चल्ने जनाइएको छ । यस सडकमा आवतजावत गर्ने बेलडाँडी, बेलौरी र पुनर्वासका नागरिकले लाभ लिन सक्ने जनाइएको छ ।
युवा व्यवासायी खत्रीले यस भन्दा पहिला पनि आफ्नै पहलमा विहान ८ बजेको बस सञ्चालनमा ल्याएका थिए । यस रुटमा थप बससेवा सञ्लान भए पछि स्थानीयहरु हर्षित भएका छन् ।
