Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीमतदाताको घरघरमा पुग्न एमाले कञ्चनपुरको निर्देशन, यस्तो छ साप्ताहिक अभियान

मतदाताको घरघरमा पुग्न एमाले कञ्चनपुरको निर्देशन, यस्तो छ साप्ताहिक अभियान

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरले स्थानीय चुनावलाई लक्षित गरेर मतदाताको घरघरमा पुग्न साप्ताहिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले मंगलबार सबै पालिका कमिटीलाई परिपत्र गर्दै चैत १७ गते बिहीवारदेखि २३ गते बुधवारसम्म साप्ताहिक अभियान सञ्चालन गर्न निर्देशन गरिएको छ ।

एमालेले घरदैलो, वडा सभा, टोल सभा, भेटघाट, पार्टी प्रवेश कार्यक्रम, जनसांस्कृतिक टोली निर्माण, टोलटोलमा भिडियो प्रदर्शनी, विभिन्न र्‍याली तथा कोणसभा, मतदाता नामावलीअनुरूप मत सर्वेक्षण र संरक्षण कार्यक्रम तय गरेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य, पदाधिकारी र प्रदेशका पदाधिकारी तथा सदस्यलाई सहभागी हुन आग्रह गर्ने र जिल्ला कमिटी, पालिका कमिटी र सबै जनसंगठन परिचालन हुने जनाइएको छ ।

वडाको कार्ययोजना अनुसार टोलटोल र घरघरमा गई पार्टीको चुनाव चिह्न सूर्यमा मत माग्ने परिचालित हुने निर्णय भएको अध्यक्ष विष्टले बताए ।

कार्यक्रमका लागि दोधाराचाँदनी नगरपालिकामा निरु पाल, टोपबहादुर खत्री, हिरालाल थापा, चिनी गिरी, भीमदत्त नगरपालिकामा राजेन्द्रसिंह रावल, ईश्वरी खरेल, हरिप्रसाद जोशी, हिरा चन्द, कर्णबहादुर चन्द, महेश पन्त र शेरबहादुर चन्द, बेदकोट नगरपालिकामा भोजराज जोशी, नरबहादुर धामी, कलसा महरा, वचनबहादुर सिंह, अशोककुमार चन्द, हिक्मतबहादुर सिंह, रामसिंह धामी, नेत्र पन्त, शुक्लाफाँटा नगरपालिकामा कृपाराम राना, रणबहादुर महरा, टेकबहादुर हमाल, विष्णु जोशी, कृष्णपुर नगरपालिकामा गोविन्दप्रसाद कलौनी, जयराज पाण्डेय, लक्ष्मी बुढा, लालझाडी गाउँपालिकामा ईन्दु कडरिया, रमेश थापा, रामबहादुर राना, करिमा राना, पुनर्वास नगरपालिकामा कमला बोहरा, भक्तबहादुर अधिकारी, वीरबहादुर थापा, रामचन्द्र नेपाल, फैरु तामाङ, बेलौरी नगरपालिकामा बलदेव बुडाल, भवानीशंकर रेग्मी, हर्क केसी, करमशाय राना, चित्रा चौधरी, पल्लबराज भट्ट, बेलडाँडी गाउँपालिकामा खेम सुवेदी, नन्दलाल चटौत, रामबहादुर स्वर्णकार, धनबहादुर थापा, कमला कार्की हिरासिंह विष्ट परिचालन हुने गरी जिम्मेवारी तोकिएको छ ।

एमाले कञ्चनपुरले ‘घरघरमा एमाले, जनजनमा एमाले’ नारासहित चरणबद्ध रूपमा चुनावी अभियान सञ्चालन गरिरहेको छ ।

ताजा समाचार