Tuesday, May 17, 2022
गृहपृष्ठआर्थिकअपांगता भएका करनले पाएनन सरकारी निकाय वाट सहयोग, समाजसेवी ऐरको पहलमा टिनको...

अपांगता भएका करनले पाएनन सरकारी निकाय वाट सहयोग, समाजसेवी ऐरको पहलमा टिनको छना सहयोग डिल्लीराज पन्त,

डिल्लीराज पन्त/कञ्चनपुर,
अपांगता भएका व्यक्ति लाई सरकारले सुरक्षा भत्ता उपलव्ध गराउदै आएको छ । देशै भर विभिन्न श्रेणीमा पर्ने गरी अपांगता भएकाहरुको वर्गिकरण समेत गरेको छ । सोही वर्गिकरणको आधारमा अपांगता भएका व्यक्तिहरुलाई समाजिक सुरक्षा भत्ता का रुपमा रकम उपलव्ध गराउदै पनि आएको छ । तर कञ्चनपुरका एक जना अपांगता भएका व्यक्ति लाई भने अपांगताको परिचय पत्र वनाएको २ वर्ष वितिसक्दा समेत कसै सरकारी निकाय वाट पनि कुनै प्रकारको सहयोग नपाएको भेटिएको छ ।
४ वर्ष पहिले सुदुरपश्चिमको पहाडि जिल्ला बैतडी वाट वसाई सराई गरी कञ्चनपुरको भिमदत्त नगरपालिका ९ ब्रह्मदेव मा वस्ने करन राम भुलको आर्थिक अवस्था निकै कमजोर रहेको छ । १ श्रीमती र २ जना नावालक छोरा सहित ४ जनाको परिवार लाई दैनिक हातमुख जोर्न मात्रै नभई बस्न समेत घरवासको समस्या हुदै आएको छ । ४ वर्ष पहिले नै दाया“ खुट्टामा एक प्रकारको शरिर वाट मासु खस्ने रोग खुटनै काट्नुपरेको थियो ।
खुट्टा काटिएका करनले पहाडि जिल्ला मा काम गर्न र उकाली ओराली गर्न नसकेपछि २०७४ सालमा कञ्चनपुरको भिमदत्त नगरपालिका –९ ब्रह्मदेवमा सानो झुपडि वनाई बस्न थाले ।
आफु अपांग भएकोले काम गर्न नसक्ने भएपछि श्रीमतीको मजदुरीले को भरमा जहान बच्चा पाल्नु पर्ने भएपछि उनलाई पिरले झनै पोल्न थाल्यो ।
अपांग भएका व्यक्तिलाई सरकारले सुरक्षा भत्ता दिनेकुरा सुनेका करनले श्रीमतीले ज्याला गरी जमा गरेको २५ सय जति खर्च गरेर कञ्चनपुरको भिमदत्त नगरपालिका वाट २०७६ भदौंमा आंगता परिचयपत्र वनाए तर त्यो परिचय पत्र वनाएको दुई वर्ष वढि वित्दा समेत आफुले कुनै सहयोग नपाएको दुखेसो पोख्छन करन भुल ।
अपांगता भएका व्यक्ति लाई स्थानिय निकायले अपांगताको परिचय पत्रको आधारमा तत्काल सामाजिक सुरक्षा वितरण गर्नुपर्नेहो तर परिचय पत्र बनाएको २ वर्ष वितिसक्दा समेत कतै कुनै निकायवाट पनि सहयोग भएको छैन । अपांगताको पचिपत्रवाट सपांगले भत्ता पचाएको आशंका स्थानियको छ ।
विगत देखिनै करनका परिवार आर्थिक अवस्थाको भुमरीमा परिरहेको तर कसैले पनी सहयोग नगरेको र आफ्नो आर्थिक अवस्थापनी त्यति राम्रो नभएकाले छिमेकीमै रहेका करनको परिवारलाई खासै सहयोग गर्न नसकेको भन्दै अहिले करनको दुखलाई सुनेर कञ्चनपुरमा रहेको ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपाल नामक संस्थाले केही खाद्यान्न र लत्ता कपडा सहयोग गरेको मा आफुलाई खुसी लागेको स्थानिय कृष्ण रानाले वताए ।
करन र उनका जहान बस्ने घरमा माटो पोती प्लाष्टिक बेरेर लगाएको छानो वर्खामा चुहिने र रातभरी बस्नुपर्ने बाध्यतालाई केहि हद सम्म सहज होस भन्ने ध्येयका साथ सोसाईटि कञ्चनपुरका अध्यक्ष तथा समाजसेवी चा“दनी ऐरको पहलमा विभिन्न मुलुकमा वैदेसिक रोजगारीमा रहेका झुच्छु लि गुरुङ, अश्मि क्षेत्री, रामहरी थापा, नग्वान थार्चिन, तन्नु मगर, ललिता मालती विक र सुरज विष्टको आर्थिक सहयोगमा खाद्यान्न वितरण गरेको र घरमा टिनको छाना लगाईएको छ ।
आफुहरुलाई करन भुलको अवस्थाको वारेमा ३ महिना अघि जानकरी आएको र तत्काल केहि राहत स्वरुप खाद्यान्न र कपडा वितरण गर्न आउदा करनको जहान बस्ने घरको समेत दयनिय अवस्था रहेकाले आफुले सानो सहयोग स्वरुप पहल थालेर घरमा टिनको छानो लगाई सहयोग गरेको वताउदै उहाको शौचालय निर्माण गर्न समेत समेत छिट्टै पहल थाल्ने ट्रान्सफर्मेटिभ सोसाईटि नेपाल, कञ्चनपुरका अध्यक्ष तथा समाजसेवी चा“दनी ऐरले वताएका छन ।
करन भुल त एक प्रतिनिधि पात्र मात्रै हुन यस्ता लाखौं नेपाली नागरीक अझै पनी सामान्य अधिकार वाट समेत वन्चित छन भने ट्रान्सफर्मेटिभ सोसाईटि नेपाल कञ्चनपुर जस्तै केही सहयोगी दाताहरुले दिने सामान्य राहतको आसमा रहेका हुन्छन ।
हरेक नेपालीको जन्मसिद्ध अधिकार मा आउछ ‘गास बास कपास‘ यिनै एजेन्डालाई प्रमुख चुनावी ऐजेन्डा लिएर अहिले घर घरमा विभिन्न राजनितिक पार्टिहरु गईरहेका छन तर कञ्चनपु्रका करन भुल जस्तै लाखौं नेपाली हरु दैनिक हातमुख र्जोर्न भौतारीरहनु परिरहेको र यस्ता निमुखा जनतालाई भोट बैंकको रुपमा प्रयागे गर्छन सत्तामोहमा लागेका हरु, अव हरेक नागरीक ले आउदो निर्वाचनका बेला सचेत हुनु जरुरी छ ।

ताजा समाचार