Thursday, August 18, 2022
गृहपृष्ठदैनिक गतिविधीबेलौरीमा आफ्नै फार्मेसी सेवा शुरु

बेलौरीमा आफ्नै फार्मेसी सेवा शुरु

कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिकाले आफ्नै फार्मेसी सेवा शुरु गरेको छ । बेलौरी नगरपालिका ४मा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीले फार्मेसी सेवा शुरु गरेको हो । बेलौरी नगरपालिका स्वास्थ्यका सिअहेब मान बहादुर चन्दले सरकारी योजना अनुरुप बेलौरीमा आफ्नै फार्मेसी सेवा शुरु गरिएको बताए । सिअहेब चन्दले सरकारबाट दिईने निःशुल्क औषधी सहित स्वास्थ्य बिमा गरेका सबै सेवाग्राहीलाई औषधी दिईने बताए । फार्मेसी सेवा कार्यक्रम उद्घाटन गर्दै बेलौरीका मेयर पोतिलाल चौधरीले नगरका जनतालाई स्वास्थ्य अधिकार प्रत्याभूति गराईने बताए । श्रीपुर स्वास्थ्य केन्द्र मार्फत संविधानमा उल्लेख गरिएका आधारभूत स्वास्थ्य सेवा सहित प्रदान गरिने बताए । बेलौरीमा आफ्नै फार्मेसी शुरु भएसंगै स्थानीय जनता थप स्वास्थ्य सेवा सुविधा पाउनेछन ।

ताजा समाचार