Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीआरक्षपीडितको पुर्नस्थापनामा जोड

आरक्षपीडितको पुर्नस्थापनामा जोड

कञ्चनपुर,
कञ्चनपुरका सरोकारवाला निकायले आरक्षपीडितको तत्तकाल पुर्नस्थापनामा जोडदिएका छन । शनिबार आरक्षपीडित बस्तीढक्कामा सरोकारवाला र पीडित पक्षविच भएको छलफलमा सरोकारवाला निकायले पुर्नस्थापनामा जोडदिएका हुन ।
जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य माया नेगीको प्रमुख आथित्यमा भएको कार्यक्रममा सरोकारवाला राजनीतिक दल, जनप्रतिनिधी एव पीडितले पीडितको न्यायिक पुर्नस्थापनामा जोडदिएका छन ।
जसपा केन्द्रीय सदस्य एव महिला नेतृ माया नेगीले दुई दशक वितिसक्दा पनि पीडितको अझैसम्म पनि पुर्नस्थापना हुन नसक्नु दुखत विषय भएकाले सरकारले कै लार्पबाहीका कारण नभएको बताईन । ‘सरकारले आरक्षपीडित माथि जहिल्यै दोस्रो दर्जाको व्यवहार गरेको छ, ‘उनले भनिन, ‘पुर्नस्थापनाका लागि आफ्नो र पार्टीका तर्फबाट पहल गर्छु ।’ बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापाले पीडितको उचित पुर्नस्थापनाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले केही दिन अघि पीडितले प्रधानमन्त्री शेर बहादुर देउवा सहितका मन्त्री, दल नेताहरुलाई ज्ञापन पत्र बुझाएको बारे जानकारी गराउँदै पीडितको पुर्नस्थापनाका लागि प्रधानमन्त्रीदेखि अन्य सबै सरोकारवाला निकायबाट आश्वासन पाईएको बताए । अन्य पीडितले सबै दलको साझा भावना अनुरुप पुर्नस्थापना गरिदिन आग्रह गरेका छन । ०५८सालमा शुक्लाफाँटा निकुञ्ज विस्तारका क्रममा विभिन्न स्थानबाट विस्थापितहरुको अझैसम्म पनि पुर्नस्थापना नहुँदा उनीहरु नरकीय जिवन विताउन बाध्य भएका छन ।

ताजा समाचार