Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.२ मा कांग्रेसको पार्टी कार्यालय उद्घाटन

बेलडाँडी वडा नं.२ मा कांग्रेसको पार्टी कार्यालय उद्घाटन

बेलडाँडी,

बेलडाँडी नेपाली कांग्रेसद्धारा २ नम्बर वडा कार्यालयको आज उद्घाटन गरेको छ । स्थानीय तह निर्वाचनलाई लक्षितगदै कांग्रेस बेलडाँडीले पालिका भित्रका सबै वडामा वडा कार्यालय खोल्ने कार्यक्रम अनुसार शनिबार चवन्नी वजारमा २ नम्बर वडा कार्यालयको उद्घाटन गरेको हो ।

नेपाली कांग्रेस वडा नं.२ का सभापति मदनराज भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि कांग्रेस जिल्ला उप–सभापति हरिचन्द्र राना रहेका थिए ।

भने विशिष्ट अतिथिमा महाधिवेशन प्रतिनिधि जनक सिह धामी, सगुना राना, राधिका देवी जोशी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बाल्दै प्रमुख अतिथि उप–सभापति रानाले बेलडाँडीमा जसरी पनी नेपाली कांग्रेसको नेतृत्व ल्याउनु पर्ने बताउनु भएको छ । उनले भने अबको नेतृत्व नेपाली काँग्रेसको काँधमा आएकाले सबै बेलडाँडीवासिले आउदो चुनावमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरी विजयी गराई दिन सबै आम नागरिकलाई अनुरोध गरे ।”

कार्यक्रमका विशिष्ट अतिथि जनक सिह धामीले अबको निर्वाचनमा कांग्रेसको मुख्य एजेण्डानै शिक्षा, स्वास्थ्य, रोजगार र कृषिमा बेलडाँडीलाई समुन्नत बनाउने रहने बताउनु भयो ।

यस्तै विशिष्ट अतिथि राधिका देवी जोशीले नेपाली काँग्रेसका बारेमा कम्युनिष्टहरुले भ्रामक कुरा फैलाई रहेको भन्दै त्यस्ता झुठा कुरामा नलाग्न आम नागरिकमा अनुरोध गर्नु भएको छ । ‘पाँच वर्षमा बेलडाँडीको कम्युनिष्ट नेतृत्वको सरकारले विकासका सवालमा सिन्को पनी नभाचेको बताउदै बेलडाँडीमा अबको निर्वाचनमा काँग्रेसको नेतृत्व आए मात्र सब सम्भव हुने धारण व्यक्त गर्नुभयो ।

बेलडाँडीमा ५ वडा मध्ये ४ वटा वडामा नेपाली कांग्रेसको पार्टी कार्यालय खुलि सकेका छन्, भने ५ नम्बर वडामा एक दुई दिन भित्रै उद्घाटन गरिने गाउँ कार्य समितिले जनाएको छ ।

ताजा समाचार