Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकाको ४ नं. वडा बाहेक एमालेको सबै वडामा एकै साथ प्रशिक्षण...

बेलडाँडी गाउँपालिकाको ४ नं. वडा बाहेक एमालेको सबै वडामा एकै साथ प्रशिक्षण सम्पन्न

बेलडाँडी,
नेकपा (एमाले) कञ्चनपुरले आज जिल्लाभर एकै साथ स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण अनुरुप बेलडाँडी गाउँकमिटीले वडा नं.४ बाहेक सबै वडामा प्रशिक्षण गरेका छ । वडा नं. ४ मा विबिध कारणले तयारी पुरा नएको जनाउदै भोली त्यस वडामा कार्यक्रम हुने बेलडाँडी एमालेले जनाएको छ ।

प्रशिक्षण दिन सबै वडाहरुमा खटाईएका प्रशिक्षकहरुले प्रशिक्षण दिइसकोको जनाइएको छ । बेलडाँडी वडा नं.१ मा जिल्ला कमिटी सदस्य लक्ष्मी भट्ट, चक्र बहादुर शाह, गणेश बहादुर बिष्ट र लक्ष्मीराज निरौलाले प्रशिक्षण गरेका थिए । वडा नं. २ मा जिल्ला कमिटी सदस्य भिम बहादुर थापा, विष्णुराम उपाध्याय, प्रेमराज खाती र दिल बहादुर सुनारले प्रशिक्षण दिएका थिए । वडा नं.३ मा जिल्ला कमिटी सदस्य अक्कल बहादुर बिष्ट, नरेन्द्र बिष्ट र बिक्रम थापा र रविन नाथले प्रशिक्षण दिएका थिए । वडा नं.५ मा जिल्ला कमिटी सदस्य कमल रोकाया, कृष्ण कुमार रोकाया, लाल बहादुर रावत र कर्ण बहादुर बुढालेसहजिकरण गरेका थिए ।

प्रशिक्षणमा एमालेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा, जबज र समाजवादका आधारहरू, हालसम्म एमाले सरकारले गरेका जनपक्षीय कामको चर्चा, गठबन्धन सरकारले गरेका गलत कामको भण्डाफोड लगायतका विषयवस्तुमा केन्द्रित भई चुनावी प्रशिक्षण दिइएको गाउँकमिटी सदस्य कृष्ण कुमार रोकायाले जानकारी गराउनु भयो ।

केपी सरकारका पालामा भएका राम्रा कामको बारेजमा जनतालाई सबैले बुझाउनु पर्नेमा जोडदिदै कम्युनिष्ट सरकारलाई फुटाउन, भत्काउन भएका प्रयासका बारेमा समेत कार्यकर्तालाई प्रष्ट पार्दै चुनावमा होमिन सबैलाई तयार पार्न थालिएको रोकायाले बताए ।

ताजा समाचार