Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीवेदकोट–५ र ९ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रका भवन उद्धघाटन

वेदकोट–५ र ९ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रका भवन उद्धघाटन

महेन्द्रनगर,
कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ५ र ९ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रका भवन उद्धघाटन गरिएका छन् । शुक्रबार नगर प्रमुख अशोक कुमार चन्दले नवनिर्मित भवनको उद्धघाटन गरेका हुन् ।

उनले वडा नम्बर ५ को धरमपुर र ९ को सुन्दरपुरमा निर्माण गरिएको स्वास्थ्य केन्द्रको भवन उद्धघाटन गरेका हुन् ।
धरमपुरमा वडाध्यक्ष गणेश विक र सुन्दरपुरमा वडाध्यक्ष राम सिंह धामीको अध्यक्षतामा भवन उद्धघाटन कार्यक्रम आयोजना गरिएको थियो ।

भवनको उद्धघाटन गदैँ नगर प्रमुख चन्दले पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकाे बताउँदै भवन निर्माणपछि सेवा सम्पादनमा सहज हुने अपेक्षा राखे । कार्यक्रम नगर उप–प्रमुख सुशिला सिंहसहित जनप्रतिनिधि, कर्मचारी लगायत स्थानीयको सहभागीता रहेको थियो ।

ताजा समाचार