Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीराष्ट्रिय जनमोर्चाद्वारा बेलडाँडीका विपन्न किरियापुत्री ऐरीको परिवारलाई आर्थिक सहयोग

राष्ट्रिय जनमोर्चाद्वारा बेलडाँडीका विपन्न किरियापुत्री ऐरीको परिवारलाई आर्थिक सहयोग

कञ्चनपुर,
राष्ट्रिय जनमोर्चाले बेलडाँडीका एक विपन्न किरियापुत्री कर्ण बहादुर ऐरको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
जनमोर्चा कञ्चनपुरले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री ऐरको परिवारलाई आर्थिक सहयोग गरेको हो । जनमोर्चा कञ्चनपुरका जिल्ला सचिव अभिमान थापा र युवा नेता राज कुमार चौधरी सहितका नेताहरुले शुक्रबार ऐरकै घरमा गएर किरियाखर्च दिएका हुन । आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित समेत रहेका ऐरीको परिवारलाई मन्दिर जनमोर्चा किरिया खर्च बाफत ३ हजार
आर्थिक रुपमा दयनिय अवस्था रहेको किरियापुत्री ऐरी परिवारको शोकलाई शक्तिमा बदल्नका लागि पार्टीका तर्फबाट सक्दो सहयोग गरेको जनमोर्चा कञ्चनपुरका पाटी सचिव अभिमान थापाले बताएका छन । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले समन्वय गरेर जिल्ला सचिव थापाको नेतृत्वमा बेलडाँडी जनमोर्चाले विपन्न किरियापुत्री ऐरको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
सहयोगी संघ संस्था, व्यक्ति, राजनीतिकप्रति ऐरी परिवारले हार्दिक आभार प्रकट गरेको छ । झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारमाथि बिरामी रहेका जेष्ठ पुत्र दिपेन्द्र सिह ऐरीको उपचारका लागि लाखौँ खर्चिदा समेत छोरा बाँचेनन । विपन्न ऐर परिवारको घरमा सन्नटा छाएका बेला स्थानीय नेतादेखि केन्द्रीय नेता,पुर्वमन्त्री बिना मगर सहित पुग्दा समेत स्थानीय सरकार भने पुगेको छैन । समाजवादी नेतृत्वको वडा सरकार र एमाले नेतृत्वको पालिका सरकारलाई यस्ता विपन्न नागरिकमाथि कुनै मानविय सम्वेदना प्रकट गरेका छैनन । एमाले, काँग्रेस, माओवादी, जनमोर्चाका नेता कार्यकर्ता विभिन्न संघ संस्था एव उद्योगी व्यवसायीले विपन्न ऐरको घरमा पुगेपनि नेकपा एकिकृत समाजवादी पार्टी नेतृत्वको वडा सरकार र एमाले नेतृत्वको पालिका सरकारलाई भने यस्ता दिनदुखत महासंकटमा परेका जनताको दैलोमा पुग्न वास्ता नै राखेका छैनन ।

ताजा समाचार