Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीकिरियापुत्री ऐरी परिवारलाई मेरो सहयोग अभियानद्धारा आर्थिक सहयोग

किरियापुत्री ऐरी परिवारलाई मेरो सहयोग अभियानद्धारा आर्थिक सहयोग

कञ्चनपुर,
मेरो सहयोग अभियान बेलडाँडीले किरियापुत्री कर्ण बहादुर ऐरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
बेलडाँडी गाँउपालिका १झर्नासागरका विपन्न किरियापुत्री ऐरीको परिवारलाई मेरो सहयोग अभियानले किरियाखर्च सहयोग गरेको हो ।
शुक्रबार मेरो सहयोग अभियानका संयोजक क्षितिज भट्ट,सदस्य प्रकास माली सहितका अभियन्ताहरुले किरियापुत्री ऐरीकै घरमा पुगेर किरियाखर्च सहयोग गरेका हुन ।मेरो सहयोग अभियानका संयोजक भट्टले किरियापुत्री ऐरीलाई नगद ५ हजार ५ रुपैया आर्थिक सहयोग गरेका छन । आर्थिक रुपमा विपन्न ऐरीको परिवारलाई बज्रपात भएका बेला मेरो सहयोग अभियानले सक्दो सहयोग गरेको संयोजक भट्टले बताए ।
मेरो सहयोग अभियानको सहयोग रकम ग्रहण गर्दै किरियापुत्री कर्ण बहादुर ऐरीले आफ्नो परिवारमा ब्रजपात भएका बेला सहयोग गर्ने अभियानन्ताहरुप्रति आभार प्रकट गरेका छन ।
कोरोना महामारीका बेला बेलडाँडीका युवा समेत रहेका सव ईन्जिनियर, सिद्धबैजनाथ बहुउदेश्यीय सहकारीका अध्यक्ष समेत रहेका क्षितिज भट्ट नेतृत्वमा युवाहरुले कोरोना महामारीबाट बाँच्नका लागि समाजिक सञ्जाल मार्फत मेरो सहयोग अभियान संचालन गरेका थिए ।
उक्त मेरो सहयोग अभियान मार्फत कोरोना महामारी रोकथाम एव नियन्त्रणका लागि आवश्यक स्वाथ्य सुरक्षा समाग्री संकलन गरेर वितरण गरेका थिए । अभियानका संयोजक भट्टले निजी तथा संस्थागत रुपमा गरिब, विपन्न , असाहय, बेसाहरा एव दिन दुखीहरुलाई सहयोग गर्दै आएका छन । ‘हामीले विभिन्न संकटका बेला अभियान मार्फत मानविय सेवा गर्दै आएका छौँ, ‘संयोजक भट्टले भने, ‘आगामी दिनमा समेत विपद सहितका विभिन्न संकटमा परेका मानिसलाई सक्दो सहयोग गछौँ ।

ताजा समाचार