Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीसिद्धनाथ मन्दिर समितिद्वारा किरियापुत्री ऐरीको परिवारलाई आर्थिक सहयोग

सिद्धनाथ मन्दिर समितिद्वारा किरियापुत्री ऐरीको परिवारलाई आर्थिक सहयोग

कञ्चनपुर,
सिद्धनाथ मन्दिर समितिले बेलडाँडीका किरियापुत्री कर्ण बहादुर ऐरको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सिद्धनाथ मन्दिर समितिले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री ऐरको परिवारलाई आर्थिक सहयोग गरेको हो । मन्दिर समितिका पदाधिकारीले शुक्रबार ऐरकै घरमा गएर किरियाखर्च दिएका हुन । आर्थिक रुपमा विपन्न एव मन्दिर समितिका सदस्य समेत रहेका ऐरीको परिवारलाई मन्दिर समितिले किरिया खर्च बाफत ४ हजार ५ रुपैया सहयोग गरेको हो । मन्दिर समितिका उपाध्यक्ष धनादेवी विष्ट, सचिव विशन दत्त भट्ट, कोषाध्यक्ष रण बहादुर सिह लगायतका पदाधिकारीले घरमै पुगेर समितिका तर्फबाट संकटका बेला आर्थिक सहयोग गरेको छ । सिद्धनाथ मन्दिर समितिका कोषाध्यक्ष रण बहादुर सिहले मन्दिर समितिका सदस्य एव आर्थिक रुपमा दयनिय अवस्था रहेको किरियापुत्री ऐरी परिवारको शोकलाई शक्तिमा बदल्नका लागि मन्दिर समितिका तर्फबाट सक्दो सहयोग गरेको बताए । सहयोगी संघ संस्था, व्यक्ति, राजनीतिकप्रति ऐरी परिवारले हार्दिक आभार प्रकट गरेको छ । झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारमाथि बिरामी रहेका जेष्ठ पुत्र दिपेन्द्र सिह ऐरीको उपचारका लागि जमिन बेच्दा पनि न रोग निको भयो, न उनी बाँचे ।

ताजा समाचार