Tuesday, May 17, 2022
गृहपृष्ठजिवनशैलीयसकारण पल शाह थुनामा गए

यसकारण पल शाह थुनामा गए

तनहुँ,

नायक पल शाह भनी चिनिने पूर्णविक्रम शाह करणीसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी हिरासतमा रहेकोमा बिहीबार सम्मानित तनहुँ जिल्ला अदालतबाट भएको आदेशले मुद्दाको पुर्पक्ष नभएसम्मका लागि जिल्ला कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा निजले बालिका माथि पटक पटक बलात्कार गरेको आरोप थियो ।

बालिका अन्तिम पटक बलात्कृत हुँदा जम्मा १५ वर्ष ९ महिना ९ दिनकी भएकी र निजलाई विभिन्न प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको आरोप अनुसार प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल समक्ष बुझाई सोही अनुसन्धानका आधारमा जिल्ला अदालत तनहुँमा जिल्ला सरकारी वकिलको कार्यालयबाट अभियोजन दर्ता भएको हो ।

थुनछेक बहसको प्रयोजनार्थ जाहेरवालाको वकिल तथा पूर्णविक्रम शाहका वकिलहरूको लगातार दुई दिन चलेको बहस पैरवी सुनी अदालतले निज पूर्णविक्रम शाहलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

यस लेखमा अभियुक्त पूर्णविक्रम शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन लिइएका आधार कारणहरू,बलात्कार सम्बन्धी नेपालको फौजदारी कानुन प्रणाली,विद्यमान कानुन र विधिशास्त्रीय दृष्टिकोणका आधारमा चर्चा गरिएको छ ः

थुनछेकको उद्देश्य र थुनामा पठाउन लिइने कानुनी आधारहरू

मुद्दाले अदालत प्रवेश गरिसकेपछि पीडक वा कसुरदारले अनुसन्धान तहकिकातको कारबाहीमा वाधा व्यवधान वा प्रतिकुल प्रभाव पार्न सक्ने,प्रमाण लोप वा नष्ट गर्नबाट बचाउने,कसुरदारलाई फरार हुन नदिने,मुद्दा पुर्पक्षको लागि अभियुक्तलाई अदालतले चाहेको बखत उपस्थितिलाई सुनिश्चित गर्ने,अपराधको सूचना दिने व्यक्तिलाई कसुरदारबाट हुन सक्ने आक्रमणबाट जोगाउने,न्यायिक अन्य प्रक्रियाको स्वच्छ सुनुवाइको विरुद्ध अवरोध पु¥याउन सक्ने सम्भावनालाई रोक्ने,पीडित र पीडितको परिवारलाई तत्काल केही राहत प्रदान गर्न,समाजमा न्याय छ भन्ने कुराको प्रत्याभूति गराउन,अभियुक्त प्रतिको सामाजिक आक्रोशलाई शान्त र साम्य पार्न,पुनः अपराध गर्नबाट रोक लगाउने,न्यायालयबाट फैसला कार्यान्वयन गर्न सहज र सम्भव तुल्याउने कार्यको उद्देश्य लिई मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६७ अनुसार तीन वर्ष भन्दा बढी कैदको सजाय हुने सक्ने मुद्दामा अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्न सकिने कानुनी व्यवस्था छ । यसकारण नायक पल शाहलाई अभियोजनले १२ देखि १४ वर्ष कैद सजाय माग गरी अभियोजन लगाएको हुँदा मुद्दा पुर्पक्षको लागि निजलाई काराकार पठाएको हो ।

जिल्ला अदालत तनहुँको आदेश उपर चित्त नबुझे मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ७३ अनुसार पुनरावेदन सुन्ने उच्च अदालत,पोखरामा अभियुक्त पल शाहको तर्फबाट पुनरावेदन दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।

ताजा समाचार