Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीप्रगति एकता समाजद्वारा किरियापुत्री ऐरी परिवारलाई आर्थिक सहयोग

प्रगति एकता समाजद्वारा किरियापुत्री ऐरी परिवारलाई आर्थिक सहयोग

कञ्चनपुर,
प्रगति एकता समाजले बेलडाँडीका एक विपन्न किरियापुत्री परिवारलाई आर्थिक सहयोग गरेको छ । बेलडाँडी गाँउपालिमा रहेको प्रगति एकता समाजले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री कर्ण बहादुर ऐरीको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
बिहीबार प्रगति एकता समाजले किरियापुत्री ऐरी परिवारलाई नगद आर्थिक सहयोग गरेको हो । प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले झर्नाखोला पीडित एव आर्थिक रुपमा विपन्न किरियापुत्री ऐरी परिवारलाई किरियाखर्च बाफत आर्थिक सहयोग गरेको बताए ।
उनका अनुसार नगद पाँच हजार १ सय रुपैया आर्थिक सहयोग गरिएको छ । बेलडाँडी गाँउपालिका १का वडा सदस्य एव उक्त प्रगति एकता समाजका सल्लाहकार शंकर भट्टले उक्त रकम किरियापुत्री कर्ण बहादुर ऐरीलाई हस्तान्तरण गरेका छन ।
बेलडाँडीका जनप्रतिनिधी समेत रहेका भट्टले आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित किरियापुत्री परिवारलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । प्रगति एकत समाजका सचिव बिरेन्द्र कठायतले गाँउमा आर्थिक रुपमा विपन्न किरियापुत्री ऐरी परिवारमाथि परेको बज्रपात कम गर्न र संकटका बेला सक्दो सहयोग गरेको बताए ।

उपचारकै लागि दैनिक गुजारा चलाउने जमिन बिक्रि गर्दा समेत न छोरा बाँच्यो, न जमिन रह्यो भन्दै झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारमा संन्नटा छाएको छ । कर्ण बहादुर ऐरीका जेष्ठ पुत्र दिपेन्द्रको गत फागुन २९ मा निधन भएको थियो । परिवारमा ब्रजपात भएका बेला प्रत्यक्ष अप्रत्यक्ष भौतिक, आर्थिक नैतिक साथ सर्मथन दिने सहयोगीप्रति शोकाकुल परिवारले आभार प्रकट गरेको छ ।

ताजा समाचार