Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलौरीमा जग्गा नक्साङकन शुरु

बेलौरीमा जग्गा नक्साङकन शुरु

कञ्चनपुर,
कञ्चनपुरको बेलौरीमा जग्गा नक्साङकन शुरु भएको छ । बेलौरी नगरपालिकाले बिहीबारदेखि जमिन नक्साङकन शुरु गरेको हो । राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका लागि जमिन दिने कार्यक्रम अन्र्तरगत बेलौरी नगरपालिमा जमिन नक्साङकन शुरु भएको छ ।
बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले ४नम्बर वडाबाट जमिन नापजाँचको उद्घाटन गर्दै नगरका भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने घोषणा गरे । यस अघि बेलौरीमा भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका लागि नामावली संकलन, निस्सा वितरण कार्य सम्पन्न गरेको थियो । जमिन नापजाँच शुरुवातसंगै स्थानीय हर्षित भएका छन । बेलौरी नगरपालिका ४का वडाध्यक्ष अर्जुन ढकालले आफ्नो वडाबाट जमिन नापजाँच शुरुवात भएको भन्दै बताए ।

ताजा समाचार