Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीनेपाली कांग्रेस बेलडाँडी वडा नं.४ को वडा कार्यालय उदघाटन

नेपाली कांग्रेस बेलडाँडी वडा नं.४ को वडा कार्यालय उदघाटन

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.४ नेपाली कांग्रेसको वडा कार्यालय आज एक कार्यक्रमका विच उदघाटन भएको छ । स्थानिय तहको चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस बेलडाँडीले आफ्ना सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्ने योजनाका साथ अघि बढेको छ ।

जनता तथा कार्यकर्ताहरुलाई सजिलो पार्नका लागि वडा कार्यालय उदघाटन गरिन लागेको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांगेसका जिल्ला उप सभापति हरिस चन्द्र रानाको प्रमुख आतिथ्यमा वडाकार्यालय उदघाटन गरिएको थियो । कार्यक्रममा नेपाली कांगेसका महाधिवेशन प्रतिनिधी, नगर सभापति उपसभापति केन्द्रिय माहाधिवेशन महिला प्रतिनिधी, निर्वतमान नगर सभापति लगायको नेता कार्यकर्ताको उपस्थिति रहेका वडा सभापति धन बहादुर रोकायाले जानकारी गराउनु भयो । चुनाव लक्षित नेपाली कांग्रेसले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

ताजा समाचार