Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरका ९२ वटै वडामा एकैदिन प्रशिक्षण गर्दै कञ्चनपुर एमाले

कञ्चनपुरका ९२ वटै वडामा एकैदिन प्रशिक्षण गर्दै कञ्चनपुर एमाले

कञ्चनपुर,

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ९२ वटै वडामा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

जिल्ला अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र विष्ट निर्वाचित भएपछि जिल्ला पार्टीले संगठन बलियो र वैचारिक बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।

त्यसैअन्तर्गत चैत १२ गते शनिवार जिल्लाभरका ९२ वटै वडामा बैठक तथा प्रशिक्षण कार्यक्रम गरिँदैछ । एमालेले अभियानको नारा ‘घरघरमा एमाले, जनजनमा एमाले’ राखेको छ ।

यसअघि चैत ५ गते शनिवार ९ वटै पालिकामा स्थानीय तह निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

चैत १२ गते हुने प्रशिक्षण कार्यक्रमका लागि प्रशिक्षक तयार गर्न एमाले कञ्चनपुरले प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत गर्ने भएको छ । चैत १० गते दिउँसो १ बजेदेखि ९ वटै पाालिकाका मुख्य प्रशिक्षकले प्रत्येक वडाका प्रशिक्षकलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । यसरी प्रशिक्षित भएका प्रशिक्षकले १२ गतेको कार्यक्रममा वडा–वडाका नेता–कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको तयारीका लागि चैत १० गते बिहान ११–१२ बजेसम्म पालिकाका इन्चार्ज, सहइन्चार्ज र पालिका कमिटी अध्यक्षसँग जिल्ला पदाधिकारीको बैठक हुने जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले जानकारी दिए ।

एमालेले मुख्य प्रशिक्षकका रूपमा दोधाराचाँदनीमा ईश्वरी खरेल, भीमदत्तमा सुरेन्द्र विष्ट, बेदकोटमा गोविन्दप्रसाद कलौनी, शुक्लाफाँटामा हिरा सार्की, कृष्णपुरमा जयराज पाण्डे, पुनर्वासमा भक्तबहादुर अधिकारी, बेलौरीमा बलदेवसिंह बुडाल, लालझाडीमा रमेश थापा र बेलडाँडीमा रामचन्द्र नेपाललाई तोकेको छ ।

वडामा हुने प्रशिक्षणमा एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा, जबज र समाजवादका आधारहरू, हालसम्म रहेका एमाले सरकारले गरेका जनपक्षीय कामको चर्चा, परमादेशबाट बनेको गठबन्धन सरकारले गरेका गलत कामको भण्डाफोड गर्ने विषयवस्तु तय गरेको छ ।

ताजा समाचार