Thursday, September 29, 2022
गृहपृष्ठआर्थिकघुडाको शल्यक्रिया गरेका खेलाडी प्वाली लाई आर्थिक सहयोग

घुडाको शल्यक्रिया गरेका खेलाडी प्वाली लाई आर्थिक सहयोग

कञ्चनपुर: अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम कञ्चनपुर जिल्ला फुटबल संघ द्वारा आयोजना गरिएको जिल्ला लिग फुटबल प्रतियोगिता -२०७७/०७८ अन्तर्गत भएको खेलमा घुडाको चोट लागि शल्यक्रिया गरिएका खेलाडी लाई आर्थिक सहयोग गरेको छ।
खुट्टाको घुडामा चोट लागि घुडाको शल्यक्रिया भएको अशोक प्वाली लाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले कञ्चनपुर जिल्ला फुटबल संघका कार्यसमिति पदाधिकारी बाट संकलन गरिएको २१ हजार २ सय रकम कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव रमेश चन्द र सुदूरपश्चिम फुटबल संघका सदस्य नितेश रावलले खेलाडी प्वाली लाई सोमबार घरमै गएर आर्थिक नगद रमक हस्तान्तरण गरिएको हो।
जिल्ला लिग फुटबलमा चोटेयल भएका प्वालि कञ्चन समाज बाट फुटबल खेल्दै आएका थिए। लिगमा कञ्चन समाज र महेन्द्रनगर युनाइटेड बिच भएको खेलको पहिलो हाफमै बिपक्षी गोलरक्षक संग ठोक्किएर टाउँको र घुडा जुझ्दा प्वालिको घुडामा चोट लाग्न पुगेको थियो। उनको चोट पछी घुडाको शल्यक्रिया महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर गरिएको प्वालीले बताए ।
घुडाको शल्यक्रिया गरेका प्वालिको अवस्था पहिला भन्दा केही सुधार भएको छ। उनले हिड्न सकेता पनि घुडा घुम्चाउन भने नमिल्ने र अहिले आफै फिजिओ गर्दै गरेका छन् । आर्थिक सहयोग रकमले उपचारमा केही सहयोग पुग्ने भन्दै सहयोगी सम्पुर्ण मनहरु लाई हार्दिक धन्यवाद समेत दिन चाहन्छु । प्वालीले भने, आगामी दिनमा अझै सहयोगको अपेक्षा समेत राखेको छु।

ताजा समाचार