Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरीका मेयर चाैधरी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ प्रदेश `ख´ ईन्चार्जमा चयन

बेलाैरीका मेयर चाैधरी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ प्रदेश `ख´ ईन्चार्जमा चयन

कञ्चनपुर– जिल्लाकाे बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी नेकपा माओवादी केन्द्र कञ्चनपुर निर्वाचन क्षेत्र- १ प्रदेश (ख) इन्चार्जको जिम्मेबारी पाएका छन । माओवादी प्रदेश सदस्य समेत रहेका मेयर चौधरीलाई पार्टीले क्षेत्र नम्बर १ (ख) इन्चार्जको जिम्मेबारी दिएको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले मेयर समेत रहेका कञ्चनपुरका युवा नेता चौधरीलाई प्रादेशिक निर्वाचन क्षेत्रको जिम्मेबारी दिएको छ ।

झण्डै २ दशकदेखि राजनीतिमा होमिएका युवा नेता चौधरीले बेलौरी नगरको जिम्मेबारी पाएसंगै विकासमा खटिएजस्तै पार्टीलाई प्रदेश १(ख)को जिम्मेवारी समेत कुसलतापुवर्क निर्वाह गर्ने प्रण गरेका छन ।

पाएको दिएको जस्तोसुकै जहाँको जिम्मेबारी निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार