Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीअनेरास्ववियु (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्षमाथी साङ्घातिक हमला

अनेरास्ववियु (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्षमाथी साङ्घातिक हमला

बेलडाँडी,
अनेरास्ववियु (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्षमाथी आज महेन्द्रनगरमा साङ्घातिक हमला भएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष टेकेन्द्र पाठक आफ्नो संगठनको काममा हिडिरहेको अवस्थामा भीमदत्त नगरपालिका वडा नं.४ गोवरीया बस्ने सुरज नाथ सहितको गिरोहले साङ्घातिक हमला गरेको अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिका इन्र्चाज प्रकाश जप्रेलले हस्ताक्षर गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ उक्त घटना प्रति तीब्र घृणा व्यक्त गर्दै घटनामा संलग्न अपराधीहरुमाथी कडा भन्दा कडा कारवाहीको माग गर्दै अन्यथा संगठन आफै जनकारवाहीको प्रकृया अगाडी बढाउने चेतावनी समेत विज्ञप्ती मार्फत सार्वजनि गरेका छन् ।

 

ताजा समाचार