Monday, August 8, 2022
गृहपृष्ठआर्थिकएनआईसि एसिया लघुबित्त लालपुर शाखाद्धारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

एनआईसि एसिया लघुबित्त लालपुर शाखाद्धारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

लालपुर,
एनआईसि एसिया लघुबित्त बित्तिय संस्था लिमिटेड लालपुर शाखाद्धारा एक दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बित्तिय साक्षरता किन, साक्षरता क कसको लागि आवश्यक छ, बचत कसरी गर्ने, बचतको महत्त्व, बचतका प्रकार, कर्जाको प्रकार र कर्जा लिदा ध्यान दिनु पर्ने कुराहरु, कर्जाको फाइदा र कर्जाको सदुपयोग लगायतका विषयमा साक्षरता गराइएकोे लालपुर शाखा प्रमुख हिरण्ड कुमार बिष्टले जानकारी गराउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा एन आई सि एसिया लघुबित्त बित्तिय संस्था लि उप प्रदेश कार्यालय लालपुरका कर्जा असुली बिभाग प्रमुख भुबन राज पाठकले कार्यक्रको बारेमा सहजिकरण गराएका थिए
उक्त कार्यक्रमा स्वागत मन्तब्य एन आई सि एसिया लघुबित्त बित्तिय संस्था लि. लालपुर शाखाका हिरण्ड कुमार बिष्टले गरेका थिए भने एन आई सि एसिया लघुबित्त बित्तिय संस्था लि प्रदेश कार्यालयका प्रोभिन्स सपोट अफिसर छत्र शाह लगायतको उपस्थितिमा १०३ जना सदस्यको सहभागिता रहेको थियो ।

ताजा समाचार