Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा निकुञ्जका कर्मचारीका कारण सर्वसाधारणले भोग्नु परेको "पीर"

बेलडाँडीमा निकुञ्जका कर्मचारीका कारण सर्वसाधारणले भोग्नु परेको “पीर”

बेलडाँडी,
निकुञ्ज किनारका नागरिकहरु अधिकांस शुक्लाफाँटा निकुञ्ज घास दाउरा जाने गर्दछन् । अनुमति बिना निकुञ्ज भित्र प्रवेश गर्ने अधिकार कसैलाई पनि छैन् । केही मानिसहरुको आफ्नै बाध्यताले घास दाउरा गर्न निकुञ्ज एरिया भित्र जाने गर्दछन्, बेलडाँडीका लगभग १० प्रतिशत मान्छेको जंगल नजाने हो भने साझ चुलो बल्दैन् यो बाध्यता छ तर विडम्वना जति सरकार फेरिए पछि यीनका समस्या जस्ताका त्यस्तै छन् ।

निकुञ्जको पनि आफ्नै समस्या छ अहिले सम्म आफ्नो एरिया सिमा कहाँ सम्म हो एकिन छैन् । जति कर्मचारी फेरिए उनीहरुको आफ्नै तर्क छ र तर्कलाई नियममा व्याख्या गर्ने गरेका छन् । यस विषयमा सम्वन्धित सरकार, समितिको पनि कुनै शिप चल्दैन् । जंगली जनावरले स्थानीय वासीको नोक्सान नगरेको कुनै रात छैन् । किनारका मान्छेहरुको त जंगली जनावरहरुले बालीको सखाप पारेका छन् ।

विचराहरुको घरमा भोगमरीको समस्या निम्तिने निश्चित छ । चितुवा गाउँमा पसेर बाख्रा गाई बस्तु दिनप्रतिदिन खाएको छ । गोठमा आएर खाएको प्रमाण छोड्छ तर जंगल लगेर खाए केहि भेटिदैन र जंगल प्रमाण खोज्न जान निकुञ्जले दिदैन अनि खाएको प्रमाणित फोटो नभए निकुञ्जका कर्मचारीहरुले खाएको प्रमाणित गरिदिदैनन् । बेलडाँडीको ७० प्रतिशत भुभाग ऐलानी छ एलानीमा जंगली जनावरले कुनै पनि क्षति गर्दा क्षतिपुर्ती नहुने निकुञ्जको प्रावधान छ । जमिन दर्ता नुहनुमा ४० औं बर्ष देखि बासोबास गर्दै आएका सर्वसाधारण जनताको कमजोरी होइन, अहिले सम्म पुर्जा नपाउनुमा दोष कसको ?

निकुञ्ज र मानव विच चल्ने द्धन्दको विषयमा मैले कलम चलाउदा…..

निकुञ्ज र मानव विच चल्ने द्धन्दको विषयमा मैले कलम चलाउदा मलाई निकुञ्जका कर्मचारीबाट पटक पटक ठुलो धम्की आउने गरेको छ । जाड खाएर निकुञ्जको विरोधमा लेख्ने भ्रष्ट पत्रकार भन्दै धम्की दिने गरेका छन् । त्यति मात्र होइन मैले कुनै विषयमा जानकारी लिनको लागि फोन गर्दा सकभर फोन उठ्दैन उठी हालेछ भने जानकारी दिदैनन् । त्यही तिनकै अफिसमा जादा अफिस भित्र तपाईलाई यहाँ आउने अनुमति छैन् भन्दै गेट भित्र प्रवेशमै रोक लगाई दिन्छन् । हो जानकरी नदिनु पर्ने विषयमा मैले करकाव गरेको पनि छैन् तर पाउनु पर्ने सूचना पनि नदिदा यहाँ पत्रकारिता गरेको कुनै औचित्यो भएन । समाजले आशा भरोसाका साथ समाचारको प्रखाइमा हुन्छन् तर कुनै सूचना नपाई के का समाचार ?

निकुञ्जका एक कर्मचारीले मलाई जाड रक्सी खाएर निकुञ्जको विपक्षमा समाचार लेख्छ भन्छन् तर मैले जो की अहिले सम्म कुनै अल्कोहल टेष्ट चाखेको समेत छैन् । म यीनको पोष्ट भन्दा ८० मिटरको दुरीमा बस्छु मलाई यिनीहरुले निकुञ्जको विरोधी हो भनेर निशाना बनाएका छन् ।

हिजो मात्र घासदाउरा गर्न गएकाहरुलाई भगाएको भन्दै राती उसको घरमै गएर बहिनीलाई सोधपुछका लागि भन्दै राती आफ्नो पोष्टमा ल्याएर ११ बजे मात्र निकुञ्ज विरोधी कृयाकलाप गरे निकुञ्जको नियम अनुसार कारवाही गर्ने भन्ने कागज बनाई चित्त नबुझदा नबुझदै पनि जबरजस्ती हस्ताक्षर गराई उनको बुवाको जिम्मा लगाई दिए ।

के कुन प्रकृतिको कुरा हो दिनमा बोलाउदा पनि हुने थियो नि तर निरंकुश शैलीमा ल्याउदा धेरैको चित्त दुखेको छ । यस विषयमा मैले थाहा पाए ९ बजेको समयमा म त्यहाँ उनको कार्यालयको गेटमा पुग्दा गेट लगाएर मलाई भित्र प्रवेश गर्न रेन्जर निम बहादुर चौधरीले रोक लगाए म गेटबाटै फर्किए । मैले ति बहिनीलाई भेट्नको लागि ११ बजे राती सम्म मेरो घरको बाटो निर कुरेर बसे केहि समय पछि उनका बुवा बहिनी र एक जना छिमेकी आए मैले मेरो घर निर रोकेर सोध ।

बहिनीले रुदै भनिन् मलाई घरबाट ल्याउने बेला ती बनका कर्मचारीले हातपात गरे मेरो गालामा एक थप्पड हाने मेरो प्रयोग गरेको साइकल समेत गाडीमा हालेर ल्याउने बेला मेरो छोरीलाई किन लग्दै हुनुहुन्छ भनेर बुवाले मलाई लग्नुस भन्दै संगै आए । आफ्नो क्याम्पमा ल्याएर जाड रक्सी सेवन गरेका उनीहरुले अनेकौं भाषा बोल्दै धम्क्याउन थाले । नियम बमोजिम काम कारवाही गर्नको साटो धाकधम्की दिने कार्य गरेको ती पिडित बहिनीले सुनाईन । मैले मरे पनि यस्ता कागजमा हस्ताक्षर गर्दैन भन्दा बुवाले मध्य राती भइहाल्यो भोली कुरा गरौला अहिले गर भने पछि आफुले रुदै हस्ताक्षर गरेको बताइन् ।

यति मात्र होइन यस क्षेत्रको पर्यटकीय सम्भावना बोकेको कालिकिच ताल छेउमा फोटो खिचिरहेका हरुलाई समेत समातेर कार्वाही गरेका छन् । यस्ता यहाँ हजारौ समस्या छन् । मन मिलेकोलाई फोन मार्फत घास दाउरा गर्न बोलाउने गरेका छन् ।

अब आफै भन्नुस् यो ज्यादती हो या के हो के ? यसमा मैले नेपाल सरकारका केही मान्छेलाई समेत खवर गरे तर कसैले सुनुवाई गरेरनन । निकुञ्ज र मानव बस्ती विचको द्धन्दको अन्त्य हुन जरुरी छ यस विषयमा सबैको ध्यान पुगोस्….

ताजा समाचार