Tuesday, May 17, 2022
गृहपृष्ठकला साहित्यबेलडाँडीमा नयाँ बर्षको अवसर पारेर बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव हुने

बेलडाँडीमा नयाँ बर्षको अवसर पारेर बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव हुने

बेलडाँडी,
नयाँ बर्ष (विषु) पर्वको अवसर पारेर बेलडाँडी गाउँपालिका वडा नं.३ खैरीघाटमा बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव हुने भएको छ । न्यु खप्तड युवा क्लबका अध्यक्षतामा आज बसेको बैठकले खेलकुद र बृहत सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको क्लबका अध्यक्ष नरेन्द्र्र बहादुर बिष्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार कञ्चनपुर क्षेत्र १ स्तरिय खप्तड कप टि २० क्रीकेट प्रतियोगिता गर्ने, खुल्ला भलिबल प्रतियोगिता गर्ने, बृहत् सास्कृतिक कार्यक्रम गर्ने र बृहत् देउडा कार्यक्रम गर्ने जनाएको छ । क्रिकेट यसै २१ गते, भलिबल २९ गते र अन्य कार्यक्रम बैशाख १ गते हुने जनाइएको छ । नयाँ बर्ष बेलडाँडीको खैरीघाटमा पहिले देखि नै मनाउदै आएको छ ।

ताजा समाचार