Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस बेलडाँडीका सभापति विष्टद्वारा विपन्न ऐरी परिवारलाई किरियाखर्च

काँग्रेस बेलडाँडीका सभापति विष्टद्वारा विपन्न ऐरी परिवारलाई किरियाखर्च

कञ्चनपुर,
नेपाली काँग्रेंस बेलडाँडी गाँउपालिका सभापति गज बहादुर विष्टले बेलडाँडीका एक किरियापुत्री परिवारलाई आर्थिक सहयोग गरेका छन । बेलडाँडी गाँउपालिका १ झर्नासागर टोलका किरियापुत्री कर्ण बहादुर ऐरी परिवारलाई काँग्रेस बेलडाँडीका सभापति विष्टले आर्थिक सहयोग गरेका हुन । झर्नाखोला पीडित एव आर्थिक रुपमा विपन्न समेत रहेका किरियापुत्री ऐरीको परिवारलाई काँग्रेस बेलडाँडीका सभापति समेत रहेका समाजसेवी विष्टले आर्थिक सहयोग गरेका छन ।
शक्रबार साँझतिर काँग्रेस सभापति विष्टले ऐरी परिवारलाई घरमै भेटेर नगद ३ हजार १ सय रुपैया किरियाखर्च उपलब्ध गराएका हुन । किरियाखर्च उपलब्ध गराउँदै काँग्रेस बेलडाँडीका स्थानीय नेता समेत रहेका विष्टले शोकाकुल परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेका छन । काँग्रेस सभापति विष्टले थप सहयोगका लागि अपिल गर्ने बताए ।
किरियापुत्री कर्ण बहादुर ऐरीका जेष्ठ पुत्र दिपेन्द्र ऐरीको गत चैत्र २९मा निधन भएको थियो । लामो समयदेखि बिरामी ऐरीले ंउपचारका ऐरी परिवारले उपचारमा लाखौँ खर्च गरेका थिए । आर्थिक रुपमा विपन्न ऐरी परिवारले शोकमा परेका बेला विभिन्न महानुभावबाट सहयोग सद्भावप्रति आभार प्रकट गरेका छन । अल्पआयुमै छोरा गुमाएपछि ऐरी परिवार शोकमा डुवेका छन ।

ताजा समाचार