Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीकी महिला जनप्रतिनिधी भट्टद्वारा विपन्न ऐरी परिवारलाई किरियाखर्च

बेलडाँडीकी महिला जनप्रतिनिधी भट्टद्वारा विपन्न ऐरी परिवारलाई किरियाखर्च

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकाकी महिला जनप्रतिनिधी एव एमाले नेतृ लक्ष्मी भट्टले एक किरियापुत्री परिवारलाई आर्थिक सहयोग गरेकी छिन ।
बेलडाँडी गाँउपालिका १ झर्नासागर टोलका किरियापुत्री मिना ऐरीको परिवारलाई जनप्रतिनिधी एव महिला नेतृ भट्टले किरियाखर्च सहयोग गरेकी हुन । बेलडाँडी गाँउपालिका १की वडा सदस्य समेत रहेकी भट्टले आफ्नो व्यक्तिगत तर्फबाट किरियामा रहेका ऐरी परिवारलाई किरियाखर्च दिएका छिन ।
आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित समेत रहेका किरियापुत्री ऐरीको परिवारलाई एमाले कञ्चनपुरका जिल्ला सदस्य समेत रहेकी भट्टले नगद क्रिरिया खर्च आर्थिक सहयोग गरेकी हुन ।
शक्रबार दिउँसो एमाले नेतृ एव जनप्रतिनिधी भट्टले शोकाकुल ऐरी परिवारलाई घरमै भेटेर नगद २ हजार ५सय रुपैया किरियाखर्च उपलब्ध गराएकी छिन । जनप्रतिनिधी भट्टले किरियामा बसेकी मिना ऐरीलाई किरियाखर्च उपलब्ध गराएकी छिन । भट्टले शोकाकुल परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेकी छिन ।
महिला जनप्रतिनिधी भट्टले विपन्न ऐरी परिवारलाई थप सहयोग गर्ने बचन दिदै आर्थिक रुपमा अति विपन्न ऐरी परिवारलाई सहयोग गर्ने भट्टको प्रतिबद्धता जाहेर गरेकी छिन ।
किरियापुत्री मिना ऐरीका श्रीमान दिपेन्द्र ऐरीको गत चैत्र २९ मा निधन भएको थियो । लामो समयदेखि बिरामी दिपेन्द्रको उनको परिवारले उपचारमा लाखौँ खर्च गरिसकेका छन । आर्थिक रुपमा विपन्न ऐरी परिवारले शोकमा परेका बेला विभिन्न महानुभावबाट सहयोग सद्भावप्रति आभार प्रकट गरेका छन । आर्थिक रुपमा अति नै विपन्न ऐरी परिवार शोकमा डुबेका बेला सहयोगका लागि समेत दाताहरुसंग आग्रह गरेका छन । सहयोगीदाताप्रति आभाव समेत प्रकट गरिरहेका छन ।

ताजा समाचार