Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीएमाले बेलडाँडी नेता थापाद्वारा किरियापुत्री ऐरी परिवारलाई किरियाखर्च

एमाले बेलडाँडी नेता थापाद्वारा किरियापुत्री ऐरी परिवारलाई किरियाखर्च

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरका नेता भीम बहादुर थापाले बेलडाँडीका एक किरियापुत्री परिवारलाई आर्थिक सहयोग गरेका छन ।
बेलडाँडी गाँउपालिका १ झर्नासागर टोलका किरियापुत्री कर्ण बहादुर ऐरी परिवारलाई एमाले नेता थापाले किरियाखर्च सहयोग गरेका हुन ।
आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित समेत रहेका किरियापुत्री ऐरीको परिवारलाई एमाले कञ्चनपुरका जिल्ला सदस्य एव बेलडाँडी गाँउपालिका सह–इन्चार्ज थापाले किरियाखर्च सहयोग गरेका छन ।
शक्रबार एमाले कञ्चनपुर जिल्ला सदस्य एव बेल्डाँडी सहईन्चार्ज थापाले ऐरी परिवारलाई घरमै भेटेर नगद ५ हजार ५ सय ५०रुपैया किरियाखर्च उपलब्ध गराएका हुन । किरियाखर्च उपलब्ध गराउँदै एमाले बेलडाँडीका स्थानीय नेता समेत रहेका थापाले शोकाकुल परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेका छन ।
एमाले नेता थापा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कालिकिच उपभोक्ता समितिको अध्यक्ष सहित विभिन्न दर्जनौँ समाजिक संघ संस्थामा आबद्ध छन । समाजवेवी विकासप्रेमी थापाले आफु आबद्ध विभिन्न संघ संस्था मार्फत समेत विपन्न ऐरी परिवारलाई अन्य सहयोग गर्ने बचन दिएका छन । आर्थिक रुपमा अति विपन्न ऐरी परिवारलाई सहयोग गर्ने एमाले नेता थापाको भनाई छ ।
किरियापुत्री कर्ण बहादुर ऐरीका जेष्ठ पुत्र दिपेन्द्र ऐरीको गत चैत्र २९मा निधन भएको थियो । लामो समयदेखि बिरामी ऐरीले ंउपचारका ऐरी परिवारले उपचारमा लाखौँ खर्च गरेका थिए । आर्थिक रुपमा विपन्न ऐरी परिवारले शोकमा परेका बेला विभिन्न महानुभावबाट सहयोग सद्भावप्रति आभार प्रकट गरेका छन ।

ताजा समाचार