Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस बेलडाँडीका नेतृ नाथद्वारा ऐरी परिवारलाई किरियाखर्च

काँग्रेस बेलडाँडीका नेतृ नाथद्वारा ऐरी परिवारलाई किरियाखर्च

कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ शान्ति नाथले बेलडाँडीका एक किरियापुत्री परिवारलाई आर्थिक सहयोग गरेकी छिन ।
काँग्रेस निकट नेपाल महिला संघ जिल्ला सदस्य एव बेलडाँडीकी काँग्रेस नेता नाथले बेलडाँडी गाँउपालिका १ झर्नासागर टोलका किरियापुत्री मिना ऐरीको परिवारलाई किरियाखर्च सहयोग गरेकी हुन । नवदुर्गा जागरण महिला समुहकी अध्यक्ष एव समाजसेवी समेत रहेकी नाथले आफ्नो व्यक्तिगत तर्फबाट किरियामा रहेका ऐरी परिवारलाई किरियाखर्च दिएका छिन ।
आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित समेत रहेका किरियापुत्री ऐरीको परिवारलाई नगद किरिया खर्च दिएकी हुन । शनिबार बिहान काँग्रेस नेतृ नाथले ऐरी परिवारलाई घरमै भेटेर नगद २ हजार ५ रुपैया किरियाखर्च उपलब्ध गराएका हुन । नाथले किरियामा बसेकी मिना ऐरीलाई किरियाखर्च उपलब्ध गराएकी छिन । नाथले शोकाकुल परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेका छन । ‘गाँउमा जनताको यस्तो कहालीलाग्दो अवस्था छ, ‘उनले भनिन, ‘स्थानीय सरकारलाई आफ्ना जनता दुखमा परेको थाहै छैन मतलब नै छैन ।’ गरिब दिनदुखीको स्थानीय सरकारलाई विपन्न जनता बारे चिन्ता नहुँदा बेलडाँडीका गरिब मृत्युको मुखमा पुगेको टिप्पणी गरिन ।
महिला अगुवा नाथले विपन्न ऐरी परिवारलाई थप सहयोग गर्ने बचन दिएका छन । आर्थिक रुपमा अति विपन्न ऐरी परिवारलाई सहयोग गर्ने नाथको प्रतिबद्धता छ ।
किरियापुत्री मिना ऐरीका श्रीमान दिपेन्द्र ऐरीको गत चैत्र २९मा निधन भएको थियो । लामो समयदेखि बिरामी ऐरीले ंउपचारका ऐरी परिवारले उपचारमा लाखौँ खर्च गरेका थिए । आर्थिक रुपमा विपन्न ऐरी परिवारले शोकमा परेका बेला विभिन्न महानुभावबाट सहयोग सद्भावप्रति आभार प्रकट गरेका छन । आर्थिक रुपमा अति नै विपन्न ऐरी परिवार शोकमा डुबेका बेला सहयोगका लागि समेत दाताहरुसंग आग्रह गरेका छन ।

ताजा समाचार