Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीवाईसियल कञ्चनपुरको नेतृत्व जप्रेलको काँधमा

वाईसियल कञ्चनपुरको नेतृत्व जप्रेलको काँधमा

कञ्चनपुर,
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाईसियल) नेपाल कञ्चनपुरको संयोजकमा युवा नेता तिलक जप्रेलले पाएका छन ।
वाईसियल सुदुरपश्चिम प्रदेशको बैठकबाट वाईसियल कञ्चनपुरको संयोजकको जिम्मेबारी युवा नेता जप्रेललाई पाईएको हो ।
तत्तकालिन वाईसियल कञ्चनपुर जिल्ला सचिवको जिम्मेबारीमा रहेका जप्रेलको साँगठानिक संकृयता र नेतृत्वका आधारमा अहिले संयोजकको जिम्मेबारी दिएको छ । झण्डै दुई दशकदेखि माओवादीमा होमिएका युवा नेता जप्रेलले वाईसियल कञ्चनपुरको नेतृत्व पाएसंगै उनले सबैखाले सरकारी विकृती बिरुद्धमा संघर्ष गर्ने बताएका छन । संयोजक जप्रेलले सगठनलाई चुस्त दुरुस्त बनाउँदै भावि चुनावमा युवा शक्तिलाई परिर्वतनको पक्षमा लाग्न आब्हान गर्ने बताए । ‘आफुलाई संगठनले दिएको जिम्मेबारी अनुरुप युवालाई एकजुट गराएर संगठन, पार्टी र जनताको पक्षमा काम गर्छु, ‘वाईसियल कञ्चनपुर संयोजक जप्रेललले भने, ‘युवा शक्ति जनताकै हितमा अघि बढ्छ ।’ योसंगै वाईसियल कञ्चनपुरको जिल्ला सचिवमा रमेश पार्की र वाईसियल केन्द्रीय सदस्य अर्जुन साउदलाई सुप प्रदेशको संगठन विभागको जिम्मेबारी दिएको छ । वाईसियल कञ्चनपुरले अब जिल्लामा हुने भ्रष्टाचार, विकृति बिरुद्धमा शसक्त भएर जनपक्षीय काममा जुट्ने संयोजक जप्रेलको प्रतिबद्धता छ ।

ताजा समाचार