कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालय केन्दीय क्याम्पसले आयोजना गरेको खेलकुद प्रतियोगितामा मानविकी तथा समाजिकशास्त्र संकाय विभागले सबैभन्दा बढि स्वर्ण पदक प्राप्त गरेको छ ।

विश्वविद्यालय केन्द्रीय क्याम्पसका नासु बिनोद जोशीले खेलकुद सप्ताह सकिएको बताए । उनका अनुसार संकायविच भएको प्रतियोगिता अनुसार सबैभन्दा बढि स्वर्ण पदक मानविकी तथा समाजिकशास्त्र संकाय विभागले प्राप्त गरेको छ ।
मानविकी संकायकाले ११, व्यवस्थापन संकायकाले ६, शिक्षा विभागले ५, ईन्जिनियरिङ्ग कम्प्युटर विज्ञान तथा प्रविधि १ र समान्य विज्ञान तर्फ स्वर्ण प्रदक जितेको छैन । विभिन्न खेलकुद प्रतियोगितामा कुल ८२ पदक थिए ।

