Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीमौलिक जरोकिलो पार्टीको जरोकिलो सत्संग यात्रा

मौलिक जरोकिलो पार्टीको जरोकिलो सत्संग यात्रा

कञ्चनपुर,
मौलिक जरोकिलो पार्टीले कञ्चनपुरमा जरोकिलो सत्संग यात्रा गरिरहेको छ । मौलिक जरोकिलो पार्टीले कञ्चनपुरमा जरोकिलो सत्संग यात्रा शुरु गरेको हो । मौलिक जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले दोधाराचाँदनीदेखि शुरु भएको सत्संग यात्रा भीमदत्त नगरपालिका पुगेको बताए । उनका अनुसार बुधबार भीमदत्त नगरपालिका क्षेत्रमा यात्रा संचालन भएको छ । अध्यक्ष जोशीले नेपालको पुनर्जागरणका नायक पृथ्वीनारायण शाहको वास्तविक वैचारिक उत्तराधिकारी मौलिक जरोकिलो पार्टी भएको र उहाँको दिव्योपदेश अनुरुप आफ्नो नीति सिद्धान्त भएकाले बताए । यात्रा कैलाली कञ्चनपुरका सबै पालिकामा संचालन हुने छ ।
मौलिक जरोकिलो पार्टीका महासचिव लिला बहादुर बाँनियाले आफ्नै मौलिक आधारमा पार्टीले राजनीतिक गतिबिधी संचालन गर्ने बताए । पार्टी नभई नीति र बिधी अनुरुप जनमत धुव्रिकरण हुने बताए । यात्रामा महासचिव बाँनिया, प्रदेश अध्यक्ष खिमानन्द जोशी, जिल्ला अध्यक्ष प्रवेस केसी, जिल्ला सल्लाहकार त्रिलोक जोशी,उपाध्यक्ष रोशन भट्ट, सचिव राजेन्द्र साउँद लगायतको सहभागिता रहेको छ ।

ताजा समाचार