Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीसुदुरपश्चिममा होली पर्व सुरु, कञ्चनपुरमा समेत होलीको रौनक वढ्यो

सुदुरपश्चिममा होली पर्व सुरु, कञ्चनपुरमा समेत होलीको रौनक वढ्यो

डिल्लीराज पन्त/कञ्चनपुर,
सुदूरपश्चिमका पहाडि जिल्ला सहित तराईमा पर्ने कञ्चनपुर, कैलालीमा मंगलवार देखि धुमधाम संग होली पर्व मनाईदै छ ।
पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा भने ४ दिन सम्म होली मनाईने गरीन्छ । फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन सम्म होली मनाउने गरिन्छ ।
रंगहरुको महान पर्व होली सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा हर्षौल्लासका साथ सुरु भएको छ। सामन्यतया २ दिन मात्रै मनाईने रंगहरुको पर्व होली कैलाली र कञ्चननपुर लगायत सुदुरपश्चिमका पहाडि समुदायमा भने ४ दिन सम्म भव्यताका होली पर्व मनाउन मंगलवार देखिनै सुरु भएको हो ।
t
पछिल्लो समय विभिन्न महिला समुह, संघ सस्था तथा युवा कमिटिहरु ले समेत आ–आफ्नै समुह वनाई गाउ गाउ र टोलहरुमा गई होली पर्व मनाउने भएकाले होली पर्वको कञ्चनपुरमा झनै रौनक बढेको छ ।

विगतमा सुदूरपश्चिमको पहाडि जिल्लाहरुमा धुमधाम संग मनाईने होली पर्व पछिल्लो समय पहाडि समुदाय तराईका कैलाली र कञ्चनपुरमा वसाई सराई गरे संगै तराईका जिल्लामा समेत समुह वनाई होली खेल्न थालिएको छ ।

परम्परागत रूपमा फागुन शुक्ल अष्टमीका दिनबाट हलहली अर्थात चिर (लिङ्गो) गाड्ने गरिन्छ भने एकादशीका दिन त्यसमा (अविर) चढाएपछि मात्रै होली खेल्न सुरु गरिन्छ । होली खेल्दा पुरुषहरू सेतो कपडामा सजिएर सामुहिक रूमा रङ खेल्दै गोलवद्ध भई विभिन्न देवि देवताका गाथा खाएर खेल्ने चलन रहदै आएको छ ।

खुसीयाली र उमंग मनाउन खेलिने होली पर्वमा महाभारत, रामायण लगायत धार्मिक ग्रन्थमा आधारित कथाहरू तथा विभिन्न देवी देवताका गाथा गाउदै होली मनाउने गरेको संस्कृति संरक्षक देवी भारती बताउनुहुन्छ ।

होली पर्वको सबैभन्दा रंगठूलो दिन फागु पूर्णिमामा रुपालीहरू एकअर्काको घरमा गएर होलीको टीका लगाउँदै आशिर्वाद आदानप्रदान गर्ने गर्दछन् । साथै अष्टमीका दिन गाडिएको चिरलाई फागु पूर्णिमाको राति जलाएर प्रसादस्वरूप त्यसको खरानीको टीका लगाउने प्रचलन छ । भगवान श्रीकृष्णको पाला देखीनै होलीकालाई अग्नी देवताले दहन गरी नास गरेको खुसियालीमा विजयउत्सव स्वरुप होली मनाईने समाजसेवी हरकेश विष्टले जानकारी दिनुभयो ।

होलीलाई विजय उत्सवका रूपमा मनाउने गरिएको भए पनी पछिल्ला केहि वर्ष यता भने पश्चिमी रितिरिवाज भित्रिदै गएका र जथाभावि लोला हाल्ने मदिरा सेवन गर्ने तथा ईच्छा विपरित रंग दल्ने प्रचलन ले होलि पर्वको मौलिकता हराउदै गएको समाजसेवी तथा स्थानिय संचारकर्मि खडक रावलले चिन्ता व्यक्त गरेका छन ।

होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाउने गरिन्छ । घरको सबै काम सकेर महिलाहरू पनि होलीमा सहभागी हुने गर्दछ् भने एक आपसमा गीत गाएर रमाइलो गर्ने चलन छ ।
होली पर्व जस्तै मौलिकता बोकेका पर्वहरुले धर्म–संस्कृति र रितिरिवाजको रक्षा तथा समाजिक सहिष्णुता कायम राख्ने भएकाले यस्ताखाले चाडपर्वलाई जगेर्ना गर्न र विविधताको पहिचान जोगाई राख्न पर्वको नाममा हुने अराजकता र उच्छृखंल गतिविधिलाई रोक्न सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ ।

ताजा समाचार