Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी न्यू आराधना कला मन्दिरद्वारा पुरस्कार वितरण

बेलडाँडी न्यू आराधना कला मन्दिरद्वारा पुरस्कार वितरण

बेलडाँडी,
बेलडाँडीमा रहेको न्यू आराधना कला मन्दिरले माघी विशेष गायन प्रतियोगिता २०७८ सम्पन्न गरेको छ ।

शनिबार न्यू आराधना कला मन्दिरको आयोजनामा धनगढीमा एक औपचारिक कार्यक्रमका बिच पुरस्कार बितरण तथा सम्मान गरेको हो ।

माघी विशेष गायन प्रतियोगिता २०७८ मा१६ जनाका बिच प्रतिस्पर्धा भएको कार्यक्रममा क्रमशः प्रथम हुने लालझाडी गाउँपालिका–०२ कञ्जकी लक्ष्मी राना, द्वितीय हुने बेलौरी–०५ भकुण्डाकी सीता राना र तृतीय हुने पुर्नवास नगरपालिका परासनका हरि राना भएका थिए ।

गायन प्रतियोगितामा प्रथम १० हजार द्वितीय ६ हजार र तृतीय ३ हजार नगद र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाले जानकारी गराउनु भयो । प्रमुख रानाले गाउँका कुनाकान्द्रामा आफूभित्र लुकेका प्रतिभालाई उजागर गर्न र हौसला प्रदान गर्न गायन प्रतियोगिता सञ्चालन गरिएको बताए । प्रतियोगितामा सहभागीहरुका गित पेजमा अपलोड गरिएको थियो ।

सबैभन्दा बढि लाईक, भ्यु, र सेयरको आधारमा छनौट गरिएको थियो । प्रतियोगितामा सम्पूर्ण सहभागीलाई प्रमाणपत्र तथा स–सम्मान गरिने आयोजकले जनाएको छ ।

न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय कलाकार महेश नेपाली (आरोहा) रहेका थिए । त्यसैगरी विशिष्ट अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारी जिल्ला अध्यक्ष नरेन्द्र राना क्षेत्री रहनुभएको थियो ।

यस्तै कार्यक्रमका अतिथि राना थारु समुदायका कलाकार अभिभावक एवं अगुवा रामदेव राना, राजधानी कला केन्द्र महेन्द्रनगरका जनक कुँवर रहेका हुन् । भने स्वागत मन्तब्य गायिका अनुश्रृया राना राखेका थिए । यश कार्यक्रमको संचालन थारू अगुवा महिला सानू चाैधरीले गरेकी थिइन् ।

ताजा समाचार