Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबाह्देब ज्यावन सेवा समाजको साधारण सभा, आफ्नो पहिचान लोक संस्कृति संरक्षण गर्नुपर्छ...

बाह्देब ज्यावन सेवा समाजको साधारण सभा, आफ्नो पहिचान लोक संस्कृति संरक्षण गर्नुपर्छ ः मुख्यमन्त्री

 सुवर्ण प्रशाद जोशी/कञ्चनपुर
बाह्देब ज्यावन सेवा समाज कञ्चनपुरकोे बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा एक कार्यक्रमका विच बाह्देब ज्यान सेवा समाजको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बार्षिक साधारण सभाको सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले एक कार्यक्रमका विच उद्घाटन गर्नुुभयो । मन्त्रीमन्त्री भट्टले समाजले सुदूरपश्चिमको लोक संस्कृति संरक्षणमा भूमिका निर्वाह गरेको बताए । मुख्यमन्त्री भट्टलले नेपालीले हाम्रो पहिचान गुमाइरहेको बताउँदै संरक्षणमा जोडदिए ।
‘अहिले हामी हाम्रो कला सस्कृति,भाषा सबै कुरा विर्सिदै गएका छौँ, विदेशी संस्कृति तर्फ बढि आकर्षित भइरहेका छौँ, ‘मुख्यमन्त्री भट्टले भने ‘हामीले हाम्रो कला संस्कृति जगेर्ना गर्न सकेनौँ भने हामीले हाम्रो पहिचान गुमाउछौँ’ बिशिष्ठ अथिति समेत रहेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन,बन तथा बातावरण मन्त्री मान बहादुर धामीले सबै मिलेर आफ्नो कला संस्कृतिको जगेर्ना गर्नु अहिलेको आवश्यकता बताए । उनले कार्यक्रममा सुदूरपश्चिम कला संस्कृतिको धनी प्रदेश भएकोले यहाँका कला संस्कृतिको जगेर्ना गर्न सबैले एकजुट भएर काम गर्न आवश्यक रहेको छ । हाम्रा प्राकृतिक सम्पदा,कला संस्कृति बचाउनका लागि बाह्देव ज्यावन सेवा समाजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै समाजको प्रशंसा गरे ।
‘बाह्देव ज्यावन क्षेत्र र अन्य धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ, ‘मन्त्री धामीले भने ‘आगामी आर्थिक वर्षमा समेत यहाँका धार्मीक पर्यटकिय क्षेत्रको विकाशका लागि प्रदेश सरकार तथा उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले बजेट विनियोजन गर्छ ।’ बझाङमा अवस्थित बाह्देव ज्यावन क्षेत्र धार्मिक, साँस्कृतिक तथा पर्यटकिय रुपमा निकै मत्वपूर्ण रहेको जानकारहरुले बताएका छन । बाह्देब ज्यावन सेवा समाज कञ्चनपुरको अध्यक्ष गोपाल धामीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नर बहादुर धामीले गरेका थिए ।
कोषाध्यक्ष हाँसा फराल(धामी)ले स्वागत मन्तव्य राख्नेका थिए । मंगलाचरण नारायण प्रशाद जोशीले बताए । कार्यक्रममा राष्ट्रिय भूमी आयोगका अध्यक्ष देवेन्द्र ढुङगाना, सहायक प्रमुख जिल्ला अधिकारी आशोक कुमार भण्डारी, सहितका जनप्रतिनिधी, विभिन्न सरकारी, गैरसरकारी संघ संस्थाका प्रतिनिधी नागरिक समाजको सहभागिता रहेको थियो । लोक स्रंस्कृति, समाजिक काम गरेका विभिन्न क्षेत्रका व्यक्तित्वहरुुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिमको लोक सस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्तमको अध्यक्षता समेत ग्रहण गरेका बाह्देब ज्यावन सेवा समाज कञ्चनपुरका अध्यक्ष गोपाल धामीले आधुनिकतासंगै सुदूरपश्चिमेलीको हराउँदै गएको लोक संस्कृति संरक्षण संरक्षण सम्र्बद्धनका लागि समाज मार्फत सचेतनामुलक काम गरिने बताएका थिए ।

ताजा समाचार