Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीलक्ष्मी लघुबित्त बेलडाँडीको दाेेर्साे बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम...

लक्ष्मी लघुबित्त बेलडाँडीको दाेेर्साे बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बेलडाँडी,
लक्ष्मी लघुबित्त बित्तीय संस्था लि बेलडाँडी शाखाको दोश्रो वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

विहीवार बेलडाँडीकाे सिचाइ भबनमा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ । केन्द्र नम्बर ३१ की केन्द्र प्रमुख ईश्वरी देबी भट्टको सभापतित्वमा संचालन भएको कार्यक्रममा केन्द्रिय कार्यालय तथा आन्तरिक लेखा परिक्षण विभागमा कार्यरत सहायक प्रबन्धक हरिकृष्ण भट्ट प्रमुख अतिथि रहेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले संस्थाबाट लिएको ऋणको सहि ठाउँमा प्रयोग गर्न आग्रह गर्दै त्यसबाट भविष्यमा रोजगारका बाटाहरु सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । साथै भट्टले आफुहरु बित्तिय लगानी गर्ने मात्र नभई महिलालाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउन लागिपरेको बताउँदै यसमा जोडिन सवैलाई आग्रह गर्नु भयो । संस्थाको उद्धेश्य,सेवा सुविधा, भावी रणनीतिक योजनाका बारेमा समेत प्रष्ट पारेका थिए ।

लक्ष्मी लघुवित्त वित्तिय संस्था बेलडाँडी शाखाका प्रमुख भरत गिरीले हालसम्म शाखाले गरेको प्रगती बिवरण प्रस्तुत गरेका थिए । उनका अनुसार हाल यस शाखामा १४ सय ७७ जना सदस्य आवद्ध रहेको जनाए । यस्तै ७ सय २६ जनाले ऋण सुबिधा लिएका छन् भने १ सय ०६ ओटा केन्द्र रहेका छन् ।

यसैगरी संस्थामा ८ करोड ०७ लाख,९२हजार ७सय ३२ कर्जा रकम रहेको जनाए । यस्तै संस्थाले २ करोड ४४ लाख ८२ हजार ३ सय २५ रुपैया बचत संकलन गरेको छ । यसैगरी संस्थाले १ सय ५६जनालाई सुत्केरी सुविधा वितरण गरेको शाखा प्रमुख गिरीले प्रस्तुत गरेको प्रगती विवरणमा उल्लेख गरिएको छ ।

संस्थाबाट ५ जनाले वीमा क्षतिपुर्ती प्राप्त गरेका छन् भने,३ जनाले संस्थाबाट काजक्रिया बाफत रकम भुक्तानी गरिएको छ । कार्यक्रममा शुभकामना मन्तव्य आइबी आरडीका शाखा प्रबन्धक सागर जिसीले राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कनिष्ठ सहायक रत्नाकला खत्रीले राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सहायक जितेन्द्र प्रसाद जशीले गरेका थिए । 

ताजा समाचार