बेलडाँडी,

बेलडाँडी गाउँपालिका वडा नं.–५ झिलमिलाका बेसहारा अशक्त, एकल टोपलाल पाण्डे (अधिकारी) लाई सोही वडाका का.वा. वडा अध्यक्ष कमला देवी ओखेडाद्धारा आर्थिक भौतिक लगायत स्वास्थ्य सामग्री सहयोग भएको छ ।
गत माघ ३० गते देखि एक्कासी प्यारालाईसिस भई थला परेका अधिकारीको स्वास्थ्य सुधारका लागि केहिदिन पहिला स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री र कम्बल उपलब्ध गराएका का.वा. अध्यक्षले हिजो मात्र पाँच हजार पाँच सय आफ्रनो पहलमा सहयोग गरेको बताई । आफुहरुले वहाँलाई बचाउन कसरी सकिन्छ हरेक पहल गरिरहेको जनाइन । मान्छेलाई पर्दा वा मर्दा मान्छे बढी काम लाग्ने भएकोले सबै पक्षको यी पिडित प्रति ध्यान पुगोस् र सहयोग जुटोस् भन्ने आफ्नो चाहना रहेको बताए ।
यस्तै केहि दिन पहिला बेलडाँडी गाउँपालिका–५ स्थाई घर भई हाल लमजुङमा खानेपानी संस्थानमा कार्यरत युुवा दामोदर भट्टले पाँच हजार सहयोग गरेको थिए । नेपाली कांग्रेसका युवा नेता जनक सिह धामी र गोपाल सिह गुरूङले आफुहरु लगायत विभिन्न व्यक्तिबाट संकलित ७ हजार ५ सय रूपयाँ सहयोग गरेका थिए ।
पुर्खेयौंली घर अर्घाखाँची जिल्ला घर भएका तर उनका आफन्त समेत अहिले सम्म पनि पत्ता लागेका छैनन् । अधिकारी नामले परिचित उनको झिलमिलाका समाजसेवी स्थानिय कृष्ण बहादुर थापाले आफ्नो घरमा ल्याएर स्याहार गरिरहनु भएको छ । उनको सहयोगका लागि सबैले साथ दिनु पर्ने स्याहारमा जुटेका थापाले सबै पक्षसंग अपिल गरेका छन् ।
