Wednesday, August 10, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारभारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह विधानसभा चुनावमा पराजित भएका छन् ।

भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह विधानसभा चुनावमा पराजित भएका छन् ।

खटिमा,

भारतीय सञ्चार माध्यम (अमर उजाला) का अनुसार भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट खटीमा विधान सभाका उम्मेदवार बनेका धामीलाई कांग्रेसका भुवन कापडीले ६ हजार ९ सय ५१ मतले पराजित गरेका हुन ।

बिहिबार सम्पन्न मतगणना अनुसार कूल ९१ हजार ३ सय २५ मतमध्ये विजयी भएका कापडीले ४७ हजार ६ सय २६ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी उत्तराखण्डका मुख्यमन्त्री धामीले ४० हजार ६ सय ७५ मत मात्रै प्राप्त गरेका थिए ।

विधानसभामा विजयी कापडी उत्तराखण्ड कांग्रेसका कार्याकारी अध्यक्ष हुन । युवाहरुमा बलियो पकड बनाएका उनले उत्तराखण्ड युवा कांग्रेसको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

सन् २०१७ को विधान सभा चुनावमा कापडी मुख्यमन्त्री धामीसंग २ हजार ६ सय ९ मतान्तरले पराजित भएका थिए । त्यस बेला कापडीले २६ हजार ८ सय ३० र धामीले २९ हजार ५ सय ३९ मत ल्याएका थिए ।

ताजा समाचार