Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमाले टोलभेलामा कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लर्को

बेलडाँडी एमाले टोलभेलामा कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लर्को

बेलडाँडी,
केहिदिन पहिला देखि नेकपा एमाले बेलडाँडीले प्रत्येक वडामा टोल भेला शुरु गरेसंगै नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । हिजो मात्र बेलडाँडी वडा नं.२ बाट नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा समाजिक व्याक्तित्व चक्र बहादुर शाही, कुम्भविर रावल र अम्मर शाहीले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

यस्तै केहि दिन पहिला बेलडाँडी वडा नं.४ नेपाली कांग्रेसकै प्रेम बहादुर बस्नेत र नेकपा माओवादीका खडक सुनारले टोलभेलाकै विच एमालेमा प्रवेश गरेको जानकारी बेलडाँडी एमालेले गराएको छ ।

यति बेला नेकपा एमालेले कार्यकर्ताहरुलाई पार्टीको नया रणनिति र कार्यदिशाको बारेमा छलफल चलाउदै आएको छ । यति बेला बेलडाँडी एमालेका नेता कार्यकर्ताहरु आउदो चनावलाई लक्षित गर्दै टोलभेलाहरु गरिरहेका छन् ।

ताजा समाचार