बेलडाँडी,
आज अन्तराष्ट्रिय नारी दिवस नेपालमा ‘सामाजिक न्याय र लैङिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने मुख्य नाराका साथ नारी दिवस मनाइएको छ ।

यसै क्रममा अखिल नेपाल महिला संघ बेलडाँडीको आयोजनामा बेलडाँडीका २१ जना एकल महिला र २ जना स्वास्थ्यकर्मीलाई सम्मान गरको नेपका एमाले बेलडाँडी गाउँकमिटी सदस्य युवा नेता कृष्ण कुमार रोकायाले जानकारी गराउनु भयो ।
उहाँका अनुसार एकल जीवन बिताइरहेकी २१ जना महिला र रौतेली स्वास्थ्य चौकीका अनमी स्वास्थ्यकर्मी निलम भट्ट चन्द र बेलडाँडी स्वास्थ्य केन्द्रकी अनमी रुपा खत्रीले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको जनाइएको छ ।
नारी दिवसको अवसर पारेर आज बेलडाँडी वडा नं.५ को रमणिय क्षेत्र फाटा अर्थात किसान मध्यवर्ती सामुदायिक वनको प्राङगणमा विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाइएको थियो ।
