Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीसरकारले दिन नसकेको सम्मान महिला नेत्री नाथद्धारा प्रदान, सम्मानित महिला जेष्ठ नागरिकद्धारा...

सरकारले दिन नसकेको सम्मान महिला नेत्री नाथद्धारा प्रदान, सम्मानित महिला जेष्ठ नागरिकद्धारा खुसी व्यक्त

बेलडाँडी,
आज संसार भर नारी दिवस मनाइरहेको बेला बेलडाँडीकी महिला नेत्री शान्ती नाथको समूहले एक कार्यक्रमको आयोजना गर्दै बेलडाँडीका जेष्ठ ४६ महिला सहित १ जना पत्रकार २ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेकी छिन् ।

बेलडाँडी गाउँपालिकाका जेष्ठ ४६ महिलाहरुले भोगेको भोगाइको उच्च मुल्याङकन गर्दै आज सम्मान गरेको महिला नेत्री शान्ती नाथले बताइन । उहाँका अनुसार यस क्षेत्रमा योगदान पुर्याएका दिन खाइसकेका नारी, यस क्षेत्रका महिलाहरुको पक्षमा नियमित समाचारको माध्यमबाट सन्देश दिने कञ्चनपुर खवरका सम्पादक प्रकाशक पत्रकार रमेश प्रसाद भट्ट, स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै रौतेली स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी निलम भट्ट र बेलडाँडी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी रुपा खत्रीलाई समेत सम्मान गरेको वहाँले बताउनु भयो ।

ुराष्ट्रपति महिला पाएका छौँ‚ प्रधानन्यायाधीश पनि महिला पायौँ‚ सभामुख पनि महिला पायौँ‚ तर श्रमिक महिला‚ घरभित्र दिनरात परिवारको लागि खटिरहने गृहिणी‚ अनौपचारिक काम गर्ने महिलाको श्रमको मूल्य मान्यता र उसको आत्मसम्मान र सुरक्षाको बारेमा निर्धक्क बोल्ने सरकार पाएनौँ।

आज नारी उत्सवका रुपमा मनाउने ठाउँमा गाउँपालिकाले सिमित आफु निकटका व्याक्ति, संस्थालाई मात्र खवर गरेको गुनासो पोख्दै राज्यले नारी दिवसका रुपमा गरेको खर्चको एकएक हिसाव हुनुपर्नेमा समेत जोड दिइन् । बेलडाँडी भित्रका त्यस्ता नारीहरुलाई सम्मान हुनुपर्थो त्यो नगरेर नाचगानमा गरेको खर्च प्रति दुःख व्यक्त गर्नु भयो । उनले भनिन केहि तत्वले गाउँपालिकालाई त्यो खाल्डोमा लिन खोजेको बताउदै त्यसो कदापि हुन नदिने बताइन ।

उनले थपिन महिला हकहितमा बोल्न खुट्टा कमाउने बोली लरबराउने र आफूमाथिको विश्वास अरूमाथि टेकेर गर्ने अवस्था रहुञ्जेल सम्म महिला आन्दोलनमा नारी दिवस वा अरू कुनै दिवसले प्रभाव पार्न नसक्ने उनी बताउँछिन्।
सम्मानित हुने सबैले खुसी व्यक्त गरेका थिए । यस्तो सम्मानले झिन हौसला प्रदान भएको प्रतिकृया दिए ।

ताजा समाचार