Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका युवा समाजसेवी जोशीद्धारा बाल पुस्तकालय स्थापना, नयाँ शैक्षिकसत्र देखि विद्यालय प्रथम...

बेलडाँडीका युवा समाजसेवी जोशीद्धारा बाल पुस्तकालय स्थापना, नयाँ शैक्षिकसत्र देखि विद्यालय प्रथम हुनेलाई ५ हजार दिने घोषणा

बेलडाँडी,
बेलडाँडीका युवा समाजसेवी निश्चल जोशीले बेलडाँडी वडा नं.२ मा रहेको कञ्चन आधारभूत विद्यालयमा बाल पुस्तकालय स्थापना गर्दै नयाँ शैक्षिकसत्र देखि विद्यालय प्रथम हुने विद्यार्थीलाई ५ हजार दिने घोषणा समेत गरेका छन् । जोशीले उक्त विद्यालयमा कोरोना कहर भन्दा पहिला बाल पुस्तकालय स्थापना गर्ने सोच बनाए पनि कोरोनाका कारण सो कार्य आज सम्पन्न भएको जनाएका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै जोशीले बाल पुस्तकालय विद्यालयलाई हस्तान्त्रण गरेका हुन ।

समाजसेवी जोशीले सामाजिक संजाल फेसबुकमा भावुक स्टाटस राख्दै सो कुरा जानकारी गराउनुका साथै अन्यलाई प्रेणाको श्रोत बनोस् भन्ने उदेश्य रहेको देखिन्छ ।

उनले लेखेको स्टाटस यस्तो छ । एउटा ब्यक्ति जुन समाजमा जन्मन्छ, हुर्कन्छ, त्यो समाजको उन्नति र प्रगतिका लागी आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्नु उसको जिम्मेवारी हो, उत्तरदायित्व हो । उक्त उत्तरदायित्व पूरा गर्ने मनोसायका साथ बेलडाडी गाउँपालिका वडा नं. २ मा अवस्थित कञ्चन प्राथमिक बिद्यालयमा एउटा थोरै पुस्तकहरु सहित बाल पुस्तकालय स्थापना गर्ने प्रयास सफल भएको छ । उक्त प्रयास लाई सफल बनाउन पटकपटक हौसला प्रदान गर्ने सकारात्मक सोचका धनी मित्र सचिन कठायत ज्युले उक्त पुस्तकालयका पुस्तकहरु सुरक्षीत राख्न एउटा दराज(र्याक) प्रदान गरि हाम्रो यस प्रयासलाई थप उर्जा प्रदान गर्नुभएको छ । साथै केही पुस्तकहरु र हौसलाका साथ हामीलाई साथ दिने युवा समाजसेवी खडक वड ज्युप्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछु, उक्त कार्यक्रममा हौसला थप्ने समाजसेवीहरु लक्ष्मण भाट, धनसिह मडै, गोपी आउजी र सम्पुर्ण उपस्थित महानुभाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । उक्त औपचारिक कार्यक्रम स्थानीय जेष्ठ महिला सेतु दमाई ज्युको सभापतित्वमा भएको थियो । साथै बिद्यार्थीहरुको प्रतिस्पर्धात्मक क्षमता बडाई शिक्षाको गुणस्तर अभिबृधीहोस भन्ने मनोसायका साथ नयाँ शैक्षिकसत्र देखि स्कुल प्रथम हुने बिद्यार्थीलाई रु ५ हजार पुरस्कारको रुपमा प्रदान गर्ने घोषणा गरेका छौं ।
अन्तिममा, हाम्रो यस कार्यक्रमलाई सकारात्मक रुपमा ग्रहण गरि सहयोग गर्ने कञ्चन प्राथमिक बिद्यालयकी प्राचार्य लगायत सम्पुर्ण बिद्यालय परिवार लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । 

ताजा समाचार