Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीपुर्णागिरी शहरी खानेपानी र खानेपानी ढल व्यवस्थापन विच सम्झौता, एक साताभित्रै काम...

पुर्णागिरी शहरी खानेपानी र खानेपानी ढल व्यवस्थापन विच सम्झौता, एक साताभित्रै काम शुरु गरिने

 कञ्चनपुर,

कञ्चनपुरको उत्तरी क्षेत्र हल्दुखालमा निर्माण हुने पुर्णागिरी खानेपानी तथा सरसफाई आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागविच सम्झौता भएको छ ।

भीमदत्त नगरपालिका ७ हल्दुखालमा निर्माण हुने पुर्णागिरी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागविच सम्झौता भएको हो । एक दिन अघि नगर विकास कोषसंग सम्झौता भएको थियो । सोमबार काठमाण्डौँमा पुर्णागिरी खानेपानी तथा सरसफाई उपभोक्ता आयोजना, भीमदत्त नगरपालिका, भीनपा ७ वडा कार्यालय सहित खानेपानी तथा ढल व्यवस्थापन विभागविच सम्झौता भएको होे ।

भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवरले एक कार्यक्रमका विच पुर्णागिरी खानेपानी तथा सरसफाई उपभोक्ता आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागविच सम्झौता भएको बताए ।

उनका अनुसार सम्झौता अनुरुप एक साताभित्रै काम शुरु गरिने छ । खानेपानी तथा सरसफाई उपभोक्ता आयोजना व्यवस्थापन कार्यालयका निर्देशक शालिकराम पौडेल, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, पुर्णागिरी शहरी खानेपानी तथा सरसफाई उपभोक्ताका तर्फबा अध्यक्ष देवेन्द्र ढुङगाना, नगर विकास कोषका तर्फबाट प्राविधिक अधिकृत सुबास राज पन्तले हस्तास्तर गरेका छन ।

एक दिन अघि शहरी खानेपानी तथा सरसफाई क्षेत्र आयोजना, व्यवस्थापन कार्यालय, नगर विकास कोष, भीमदत्त नगरपालिका, भीनपा ७ वडा कार्यालय सहित पुर्णागिरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिविच सम्झौता भएको थियो । वडाध्यक्ष कुँवरले नगर विकास कोषबाट खानेपानी आयोजना निर्माणका कुल लागतको २५ प्रतिशत ऋण उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवर, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, पुर्णागिरी खानेपानी उपभोक्ता समितिका तर्फबाट देवेन्द्र ढुङगाना, नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रशाद सापकोटाले हस्ताक्षर गरेका गरेका थिए ।

भीमदत्त नगरपालिका ७ हल्दुखाल क्षेत्रमा खानेपानीका लागि मेघा योजना लागु हुने भएपछि स्थानीयलाई थप शुद्ध खानेपानीको प्रर्याप्त सुविधा हुनेछ । अध्यक्ष कुँवरले ०७५सालदेखि तत्तकालिन खानेपानी मन्त्री बिना मगरको पहलमा खानेपानी आयोजना अघि बढेको बताए । अध्यक्ष कुँवरका अनुसार ७० प्रतिशत खानेपानी विभाग, २५ नगर विकास कोष, ३ नगरपालिका र २ उपभोक्ताको झण्डै कुल ३६ करोड अनुमानित लागतमा आयोजना निर्माण हुनेछ । आयोजना निर्माण भएसंगै भीमदत्त नगरपालिका क्षेत्रका झण्डै ३ हजार घर परिवार लाभान्वित हुनेछन ।

ताजा समाचार