Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीहल्दुखालमा निर्माण हुुने पुर्णागिरी शहरी खानेपानी विच ऋण सम्झौता

हल्दुखालमा निर्माण हुुने पुर्णागिरी शहरी खानेपानी विच ऋण सम्झौता

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालमा निर्माण हुने पुर्णागिरी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि नगर विकास कोषसंग सम्झौता भएको छ ।

आइतबार काठमाण्डौँमा पुर्णागिरी खानेपानी तथा सरसफाई उपभोक्ता आयोजना, भीमदत्त नगरपालिका, भीनपा ७ वडा कार्यालय सहित नगर विकास कोषसंग सम्झौता भएको हो ।
भीमदत्त नगरपालिका ७का वडाध्यक्ष शंकर कुँवरले शहरी खानेपानी तथा सरसफाई क्षेत्र आयोजना, व्यवस्थापन कार्यालय, नगर विकास कोष, भीमदत्त नगरपालिका, भीनपा ७ वडा कार्यालय सहित पुर्णागिरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिविच सम्झौता भएको बताए । वडाध्यक्ष कुँवरले नगर विकास कोषबाट खानेपानी आयोजना निर्माणका कुल लागतको २५ प्रतिशत ऋण उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा भीमदत्त नगरपालिका ७का वडाध्यक्ष शंकर कुँवर, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, पुर्णागिरी खानेपानी उपभोक्ता समितिका तर्फबाट देवेन्द्र ढुङगाना, नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रशाद सापकोटाले हस्ताक्षर गरेका छन । उक्त खानेपानी आयोजनाका लागि तत्कालिन खानेपानी मन्त्री बिना मगरले समेत पहल गरेकी थिईन ।

भीमदत्त नगरपालिका ७ हल्दुखाल क्षेत्रमा खानेपानीका लागि मेघा योजना लागु हुने भएपछि स्थानीयलाई थप शुद्ध खानेपानीको प्रर्याप्त सुविधा हुनेछ ।

ताजा समाचार