Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीदोधाराचांदनी नगर पालिकामा एक दिने स्वास्थ्य सिविर सम्पन्न

दोधाराचांदनी नगर पालिकामा एक दिने स्वास्थ्य सिविर सम्पन्न

दोधाराचांदनी,

दोधारा चाँदनी नगरपालिका कञ्चनपुरको आयोजना तथा सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाकेको सहयोगमा सबै प्रकारको अर्वुद (क्यान्सर) रोगको परिक्षण तथा निदान सम्बन्धि स्वास्थ्य सिविर सम्पन्न गरिएको छ ।
दोधारा चाँदनी प्राथमिक स्वास्थ्य चौकीमा शुक्रबार सिविर सञ्चालन गरिएको हो । उपचारमा एक्सरे, रोग सम्बन्धी टेष्ट, औषधी लगायत नगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराएकोे मेयरको सचिवालयका मदन सुनारले बताए ।
सिविरमा १२ जनाको मेडीकल टिमले सेवा तथा चेकजाच गरेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल समिति खजुरा बोकेका अध्यक्ष भक्त बहादुर केसीले बताउनु भयो । स्थानिय महिलाहरुमा देखिने स्वास्थ्य समस्या चेकजाँचका लागी सिविर आयोजना भए पनि सबै प्रकारका बिरामीले स्वास्थ्य परिक्षण गरेका थिए ।
क्यान्सर अस्पतालका निर्देशक डा.कृष्ण प्रसाद आचार्यले महिलामा हुने स्तन क्यान्सर, पाठेघर खस्ने समस्या लगायत रोगहरुको चेकजाच गरिएको बताए ।
आर्थिक रुपमा कमजोर रहेका बिरामीहरुलाई स्वास्थ्य सिविरमा आई स्वास्थ्य परिक्षण गरि सहयोग पुगेको डा. आचार्यले बताउनु भयो । स्वास्थ्य सिविरमा १५० जना भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका थिए ।
सिविरमा चेकचाज गर्दा क्यान्सर रोगका लक्ष्ण देखिएका विरामीहरुलाई बाँके स्थिीत सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लगि पुनः परीक्षण गर्ने र उपचार प्रक्रिया अगाडि बडाइने छ । अरु क्यान्सर अस्पताल भन्दा यहाँ विरामीहरुलाई प्रत्यक्ष हेरचाहमा शुलभ रुपमा उपचार गराइने अस्पतालका अध्यक्ष केसीले बताए ।
२०६२ सालमा दिनदयाल गुरु प्रसुती सेवाका लागि (प्रखर परोपकार मिसन) ट्रस्ट स्थापना गरी ७ जनाको टिमले रु. ३००० का दरले रकम जम्मा गरी २१ हजार बाट शुरु गरिएको संस्थाले महायज्ञ आयोजना गरी रु ७.५ करोड संकलन गर्न सफल भएको थियो । २०७३ सालमा मन्त्रिपरिषदबाट निर्णय गरी नेपाल सरकारको सहयोगमा नेपाल क्यान्सर अस्पताल शुरु भएको थियो, पछि नेपाल क्यान्सर अस्पताल नाम परिवर्तन गरी सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल राखिएको छ । उक्त अस्पताल नेपाल सरकारलाई नै हस्तान्तरण गरिएको छ । वि.सं. २०७५ देखि सेवा शुरु गर्दै आइरहेको अस्पतालले हाल सम्म कयौ क्यान्सर पिडितको सफल उपचार गरको छ । अस्पतालले कैलाली कञ्चनपुर लगायतका बिभिन्न स्थानहरुमा स्वास्थ्य सिविर सञ्चालन गर्ने लक्ष्य राखेको अध्यक्ष केसीले बताएका छन ।
सुदुरपश्चिम बाट उपचारको लागि जाने विरामीहरुलाई २० प्रतिशत छुट दिइनुका साथै विरामीको अवस्था हेरेर पनि सेवा दिन सकिने अस्पतालका अध्यक्ष केसीले बताए ।

ताजा समाचार